बनेपा । काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ मा दैनिक ज्यालादारी मजदुरहरुलाई राहत वितरण गरेको छ । वडा अध्यक्ष बर्ण शाक्यको नेतृत्वमा शनिबार वडाको जगन्नाथ मार्गमा विपन्न सिमान्तकृत श्रमजीवि वर्गका समुदायलाई राहत वितरण गरेको हो ।

जगन्नाथ मार्ग टोल सुधार समितिका अध्यक्ष मोहन कुमार श्रेष्ठका अनुसार उक्त टोलमा ७४ जनालाई राहत वितरण गरेको छ । ‘हामीले ७४ जना दैनिक ज्यालादारी श्रमजीविहरुलाई दैनिक जीवन चलाउन समस्या भएकोले राहत वितरण गरेका हौं ।’ टोल सुधार समितिका अध्यक्ष श्रेष्ठले भने, ‘१५ केजी चामल, त्यस्तै दाल, नून लगायत दैनिक जीवनमा आवश्यक खाद्य सामग्रीहरु वितरण भयो ।’

रातह वितरण कार्यक्रममा वडा अध्यक्ष शाक्य, वडा सदस्यहरु अनील कुमार भैल र साजन मुस्याजू, बीभिन्न टोलका टोल सुधार समितिका प्रतिनिधिहरु, वडाका समाज सेवी अग्रज ब्यक्तिहरूको उपस्थिती रहेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















