बनेपा । काभ्रे जिल्लाको बनेपा नगरपालिकाले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि विभिन्न तयारी गरिहेको छ । बनेपा नगर स्वास्थ्य शाखा प्रमुख सत्यश्वर मकै श्रेष्ठाका अनुसार काभ्रेको मुख्य व्यापारीक केन्द्र बनेपामा कोरोना भाइरस रोकथामका विभिन्न तयारी पूरा गरेको छ ।

‘हामीले बनेपा नगरपालिकामा कोभिड–१९ (कोरोना भाइरस) सम्बन्धि प्रकोपबाट बच्न र बचाउन पुर्व तयारीका विभिन्न कामहरु सम्पन्न गरेका छौं ।’ स्वास्थ्य प्रमुख श्रेष्ठाले भने, ‘जनताको स्वास्थ्यलाई मध्यनजर गरि मेयर, उपमेयर, वडा अध्यक्ष, स्वास्थ्यकर्मीहरु शसक्त रुपमा लागेको छ ।’
विद्यालय स्वास्थ्य शिक्षा सञ्चालन
कोभिड–१९ विश्वभरि फैलिरहेको अवस्थामा बनेपा नगरपालिका भित्र रहेका सबै विद्यालयहरुमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । ‘मिति २०७६÷११÷०७ गते न.पा. स्तरीय स्वास्थ्य संस्था प्रमुखहरुको बैठक बसी नोभल कोरोना भाइरस सम्बन्धि आधिकारीक समाचारको फ्लेक्स वितरण गरेका थियौं ।’ स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले भने, ‘विद्यार्थीहरु मार्फत अभिभावककोमा चाँडै पुग्ने भएकोले हामीले कोरोना भाइरस सम्बन्धी विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम पनि सञ्चालन गरेका थियौं ।’
स्वास्थ्य सामग्रीको कृतिम अभाव हटाउने प्रयत्न
स्वास्थ्य शाखा प्रमुख श्रेष्ठका अनुसार बनेपामा स्वास्थ्य सामग्रीको कृतिम अभाव हुन नदिन प्रयत्न समेत गरेको छ ।
फेस मास्क र सेनिटाईजरको कृत्रिम अभाव देखिएकोले न.पा. भित्रका उद्योगी र थोक औषधि बिक्रेताहरु संग प्रत्येक हप्ताको शुक्रवार उत्पादन र विक्रिको विवरण न.पा.मा प्रतिवेदन बुझाउन लगायौं ।’ श्रेष्ठले भने, ‘उक्त सामान आवश्यक परेमा तुरुन्त उपलब्ध गराउन सक्ने गरी मौज्दातमा पनि राख्न पत्राचार गरेका थियौं ।’

जनचेतना अभियान
बनेपा गरपालिकाले कोरोना भाइरस संक्रमण, नियन्त्रण र रोकथामको विषयमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुले जनचेतना अभियान समेत सञ्चालन गरेका छन् । नगरपालिकाको सबै बिद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाहरुमा कोभिड–१९ लक्षण तथा बच्ने उपायहरु भएको आधिकारीक सूचनाको फ्लेक्स, समुदायमा पम्पलेटहरु बाँड्ने कार्य समेत सम्पन्न गरेको स्वास्थ्य प्रमुख श्रेष्ठले जानकारी दिए । साथै दिनदिनै माईकीङ मार्फत पनि जनचेतना जगाउने कार्य भइरहेको उनले बताए ।
रेडक्रससँग समन्वय
विपदको बेलामा प्रयोग गर्न सकिने आधारभूत सामाग्री जोहो गर्न नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी काभ्रेसँग समन्वय गरेको छ ।
‘नेपाल रेडक्रस सोसाइटी, काभ्रेलाई विपद्को अवस्थामा प्रयोग गर्न सकिने आधारभुत सामाग्री जोहो गरी आवश्यक परेको अवस्थामा उपलब्ध गराउन समन्वय गरेका छौं ।’ स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले भने ।
विदा स्वीकृत नगर्ने व्यवस्था
बनेपा नगरपालिकाले स्वास्थ्यकर्मीहरुको विदा स्वीकृत नगर्ने निर्णय गरेको छ । विशेष गरि विपद्को अवस्थामा परिचालन गर्नसक्ने स्वयंसेवकहरु, सबै स्वास्थ्य संस्थाले तयारी अवस्थामा राख्ने र अति आवश्यक काम बाहेकको अवस्थामा विदा स्वीकृन नगर्ने व्यावस्था मिलाएको स्वास्थ्य प्रमुख श्रेष्ठले बताए ।
साथै बनेपा नगरले स्वास्थ्य संस्था स्तरीय आरआरटी गठन गरी अलर्ट रहने र दु्रत गतिमा सुचना सम्बन्धित निकायमा प्रवाह गर्ने तयारी गरिएको बताए ।


५० बेडको क्वारेन्टाइन
बनेपा नगरपालिकाले ५० बेठको क्वारेन्टाइनको निर्माण गरेको छ । स्वास्थ्य शाखा प्रमुख श्रेष्ठका अनुसार नेपाल रेडक्रस सोसाइटी तालीम केन्द्र बुडोलमा क्वारेन्टा््इन सञ्चालनको ५० वेड तयारी अवस्थामा रहेको छ ।
क्लोरिन झोल छर्कने क्रम जारी
बनेपा न.पा. क्षेत्रको बढी मानीस आवतजावत गर्ने क्षेत्रमा क्लोरीन झोल छर्कने काम भइरहेको छ । नगरपालिका भरि नै यो झोल छर्ने नगरपालिकाले जनाएको छ । क्लोरिन झोल मंगलबारदेखि शुरु गरेको थियो ।
विदेशबाट आएका ४६ जना सम्पर्कमा
सरकारले विदेशबाट आएका नेपालीको विशेष निगरानी राख्ने नीति बनाएकोले बनेपाले पनि उनीहरुको विवरण तयार पार्ने त्रmिम जारी राखेको छ । बनेपामा हालसम्मा विदेशबा आएका ४६ जना सम्पर्कमा आएका छन् । स्वस्थ्य प्रमुख श्रेष्ठका अनुसार सबैलाई सेल्फ क्वारेन्टाइनमा राखेर स्वास्थ्य शाखाले फलोअप गरिरहेको छ । साथै उनीहरुमा हालसम्म कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखा नपरेको उनले बताए ।
तालिमको व्यवस्था
स्वास्थ्यसँग सम्बन्धित २२ जनालाई नगरपालिकाले कोरोना भाइरस र क्वारेन्टाइनको सम्बन्धि तालिम समेत दिएको छ । ‘नगरभित्रका अस्पतालका चिकित्सक, पारामेडिक्स, एम्बुलेन्स चालक गरी २२ जनालाई एक दिने कोरोना संक्रमण र क्वारेन्टाइन सम्बन्धि तालिम दिइएको छ ।’ श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्य सामग्री र ओषधि वितरण
कोरोना भाइरस संक्रम रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि बनेपा नगरपालिकाले अति आवश्यक स्वास्थ्य सामग्री र औषधि वितरण गरेको छ । ‘स्वास्थ्य चौकि, शहरी स्वा.केन्द्रहरुलाई अतिआवश्यक औषधिहरु, पि.पि.इ., मास्क, स्यानिटाइजर, ग्लोभ्स, धारा भएको वाल्टिन वितरण गरेका छौं ।’ स्वास्थ्य प्रमुख श्रेष्ठले भने, ‘मंगलबार अर्थात चैत्र १८ गतेदेखि हरेक दिन ओ.पि.डि.मा आउने विरामीहरुको तथ्याङ्क लिने गरेको र फ्ल्यु लाइक सिन्ड्रोमको छुटै तथ्याङ्क लिने गरेका छौं ।’
धमाधम रातह वितरण
बनेपा नगरपालिकाले दैनिक ज्यालादारी तथा विपन्न परिवारलाई राहत वितरण धमाधम गरिरहेको छ । संघीय सरकारले तोकिएको मापदण्ड अनुसार राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ । नेपाल सरकारले ४ जनासम्मको परिवारलाई १० केजी चामल र अन्य सामग्री तथा सो भन्दा बढी संख्या भएको परिवारलाई १५ केजी चामल र अन्य सामग्री वितरण गर्ने मापदण्ड बनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















