काठमाडौं । चीनमा आविष्कार गरिएको कोरोना भाइरस (काभिड–१९) को सुई (भ्याक्सिन) लगाएका चिनियाँ स्वयमसेवकहरुको पहिलो टोली स्वस्थ रहेको बताइएको छ।
सुई लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ। उहानमा गरिएको उक्त पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वयमसेवक फिर्ता भएका हुन्।
शुक्रबारसम्म १०८ जना स्वय्मसेवकहरुमध्ये १८ जनाले सबै स्वास्थ्य परीक्षण गरिसकेको छन्। सबै स्वयमसेवकहरुलाई छ महिनासम्म वैज्ञानिकहरुले निगरानीमा राख्नेछन् र पछि उनीहरुको रगतको नमूना लिएर एन्टीबडिज्लाई शुक्ष्म रुपमा अनुसन्धान गरिनेछ।
यदि यो सुई प्रभावकारी र भरपर्दो भएको पत्ता लागेमा वैज्ञानिकहरुले विदेशमा थप अनुसन्धान गर्ने बताएका छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















