काभ्रे । जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ७, दोभानटार स्थित सुनकोशी नदीमा एक महिलाको लास फेला परेको छ । विहिबार विहान ८ बजेको समयमा सुनकोशी नदीको किनारामा माछा मार्ने बल्छीको डोरी खुट्टामा अड्की पानीमा तैरी रहेको अवस्थामा महिलाको लास फेला पारेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।
मृतकको पहिचान आजसम्म पनि नखुलेको डिएसपी थापाले बताए । स्थानीयहरु मार्फत खवर प्राप्त हुन साथ तत्काल इलाका प्रहरी कार्यालय कात्तिके दउराली र जिल्ला प्रहरी कार्यालबाट घट्नास्थलमा पुगेका थिए ।
मुचुल्का समेतको कार्य पुरा गरी मृतक लास पोष्मार्टम, आफनतहरुको खोजतलास एवं मृतक लास सनाखतको लागि त्रि.बि .शिक्षण अस्पताल फरेन्सिक मेडिसिन बिभागमा सुरक्षित राखिएको थापाले जानकारी दिए ।
मृतकको वर्ण गहुँगोरी, बाटुलो अनुहार, थेप्चो नाक भएको, झट्ट हेर्दा मंगोलियन अनुहार जस्तो देखिने, रातोमा हरियो सेतो बुट्टे कुर्था, हरियो सुरुवाल, भित्र घ्यु रंगको पेन्टी, छातिमा निलो रंगको ब्रा लगाएको अन्दाजी वर्ष २५।३० जस्तो देखिने खालकी छिन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















