अशोक बुद्ध लामा
काभ्रे । जिल्लामा क्रियाशील सामाजिक संस्था नाङशाल एशोसिएन, नेपालले रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकालाइ स्वास्थ्य सामाग्री वितरण गरेको छ । रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामा र नमोबुद्ध नगरपालिकाका प्रमुख टि.पि.शर्मा तिमल्सिनालाई संयुक्त रुपमा आज (आइतबार) स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।
वितरण सेभ द चिल्ड्रेनको सहयोगमा आज (आईतबार) नाङशालका अध्यक्ष दिनेश लामा, कार्यकारी निर्देशक गुणराज मुक्तानले गरेका थिए ।
नाङशालले वितरण गरेको स्वास्थ्य सामग्रीहरुमा सर्जिकल मास्क ५ हजार थान, सर्जिकल ग्लोब्स १२ सय थान, सेनिटाईजर ४० वटा रहेको छ ।
विश्वभर महामारीको रुपमा फैलदै गएको नोभेल कोरोना भाईरस (कोभिड–१९) बाट विश्व आक्रन्त भएको समयमा यसरी संस्थाले सहयोग गरेकोमा रोशी गाउँपालिका अध्यक्ष डिबी लामाले खुसी व्यक्त गरे । ‘नाङशालले यो विपदको बेलामा स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिन चाहन्छु ।’ अध्यक्ष लामाले भने, ‘रोशीका स्वास्थ्य संस्थाहरुमा आजै म यो सामग्री पुर्याउने छु ।’
त्यसैगरि नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टि.पि. शर्मा तिमल्सिनाले पनि विपदको समयमासँगै मिलेर अगाडि बढेकोमा संस्थालाई धन्यवाद दिएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















