खानीखोला । काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा ज्वरो नाप्ने यन्त्र (थर्मल गन) नहुँदा सर्वसाधारणको स्वास्थ्य जाँचमा समस्यामा परेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेको दुई हप्ता हुँदा पनि एउटा पनि थर्मल गन नभएको हो ।
खानीखोला गाउँपालिका उपाध्यक्ष रुकमणि गुरुङका अनुसार थर्मल गन ल्याउने क्रममा रहेको बताइन् । ‘हाम्रो गाउँपालिकामा एउटा पनि थर्मल गन छैन । सामान्य थर्मोमिटरले नै काम चलाईरहेको छु ।’ उपाध्यक्ष गुरुङले भनिन्, ‘हामी ल्याउने प्रोसेसमा छौं । अब एकदुई दिनमै उपलब्ध गराउनेछौं ।’
गाउँपालिकामा पिपिई भने ३० वटा रहेको उनले जानकारी दिइन् । ‘पिपिई पनि अपुग छ । पाउन नै गाह्रो छ । ’ उनले भनिन्, ‘पिपिई ३० वटा प्राप्त भएको छ ।’
एक ठाउँमा मात्र क्वारेन्टाइन
खानीखोला गाउँपालिकामा १५ बेडको क्वारेन्टाइन कक्ष निर्माण गरेको उपाध्यक्ष गुरुङले जानकारी दिए । ‘हामी क्वारेन्टाइन निर्माणको क्रममै छौं ।’ उनले भनिन्, ‘१५ बेडको क्वरेन्टाइन कक्ष श्री जनविकास माविमा निर्माण गरेका छौं ।’
विदेशबाट आएकाहरु सेल्फ क्वारेन्टाइन
खानीखोला गाउँपालिकामा विदेशबाट आएका ११ जन सम्पर्कमा आएको छ । गाउँपालिका उपाध्यक्ष गुरुङका अनुसार सबैजना आफ्नै घरमा क्वारेन्टाइन बसेका छन् । ‘आजसम्म विदेशबाट आएको ११ जना हाम्रो सम्पर्कमा छ । सबै सेल्फ क्वारेन्टाइनमा रहेको छन् ।’ गुरुङले भनिन्, ‘सबैको स्वास्थ्य अवस्था आजसम्म ठीकै छ । स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमै छन् ।’
१८२० जनाको स्वास्थ्य जाँच
चैत्र १० गतेदेखि सञ्चालन गरेको हेल्थ डेस्कमा १८ सय २० जनाको स्वास्थ्य जाँच गरेको उपाध्यक्ष गुरुङले जानकारी दिइन् । ‘गाउँपालिकाले सञ्चालन गरेको विभिन्न हेल्थ डेस्कमा जनताको स्वास्थ्य जाँच गर्ने क्रम जारी रहेको छ ।’ उनले भनिन्, ‘आजसम्ममा १८ सय २० जनाको स्वास्थ्य परिक्षण गरेको छ । यो क्रम जारी छ ।’
सचेतना अभियान छैन सञ्चालनमा
खानीखोला गाउँपालिकामा सचेतना अभियान कार्यक्रम सञ्चालन गरेको छैन । आज (आइतबार) बस्ने कार्यपालिका बैठकले योजना बनाउने गुरुङले बताइन् । ‘सचेतना कार्यक्रम सञ्चालन गरेका छैनौं ।’ गुुरुङले भनिन्, ‘आज बस्ने बैठकले निर्णय गर्दैछौं ।’
एम्बुलेन्स ‘अलर्ट’मा
खानीखोला गाउँपालिकामा १ वटा एम्बुलेन्स रहेको छ । एम्बुलेन्सलाई ‘हाई अलर्ट’मा राखिएको उपाध्यक्ष गुरुङले जानकारी दिइन् । ‘हाम्रो गाउँपालिकामा १ वटा एम्बुलेन्स छ । यो अहिलेको अवस्थामा पर्याप्त होइन ।’ गुरुङले भनिन्, ‘भएको एम्बुलेन्सलाई हामीले ‘हाइ अलर्ट’ राखेका छौं ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।