काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ हजार ६ सय २५ पुगेको छ।
वर्ल्ड डोमेटरमा सार्वजनकि गरेको मंगलबार बिहानको तथ्यांकअनुसार विश्वभर १३ लाख ४६ हजार ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, २ लाख ७८ हजार ४ सय ४५ जना भने उपचारपछि निको भएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















