काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (मंगलबार) बस्दै छ । आज ४ बजेका लागि सचिवालय बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सचिवालय बैठक ‘कुन कुन विषयमा छलफल गर्ने भनेर तय नभएको प्रवक्ता श्रेष्ठले बताए । चैत ६ पछि सचिवालय बैठक बस्न सकेको थिएन।
माहामारीका बेला अनियमितताको विषय उठेपछि सचिवालय सदस्य नेताहरूले बारम्बार बैठक राख्न आग्रह गरेपछि नेकपाले सचिवालय बैठक बोलाएको हो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।