सुसन सापकोटा (विज्ञान)
चौंरीदेउराली । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा सवारी साधन सञ्चालन पूर्ण रुपमा बन्द गरेको छ । सोमबार बसेको गाउँपालिकाको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
निर्णयपछि गाउँपालिका अध्यक्ष दिननाथ गौतमले एक सूचना जारी गरि नियम उल्लंघन गरेको पाईमा कानून अनुसार कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।
‘स्वास्थ्य सेवा, सुरक्षा निकाय र सरकारी सवारी साधन र खाद्यन्न ढुवानीका बाहेक अन्य सवारी साधनलाई सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।’ अध्यक्ष गौतमले जारी गरिएको सूचनमा उल्लेख छ ।
साथै गौतमले गाउँपालिका भित्रको अत्यावश्यक सामाग्रीका पसलहरु विहान ७ देखि ९ बजेसम्म र बेलुका ५ देखि ६ बजेसम्म मात्र खोल्न अनुरोध गरेको छ ।

यस्तो छ सूचनाः
यस विषयमा यस चौंरीदेउराली गाउँपालिकाको मिति २०७६।१२।२४ गते बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यबस्थापन समितिको बैठकको निर्णयानुसार विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को कारणले उत्पन्न विषय परिस्थितिलाई मध्य नजर गरि संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले देहाय अनुसार गर्न गराउनको लागि सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ । यो सूचनालाई बर्खिलाप गरिएको पाइएमा नियमानुसार कडा कार्वाही गरिने छ ।
तपशिलः
१. दैनिक उपभोग्य खाद्यन्न सामग्री पसलहरु प्रत्येक दिन विहान ७–९ बजेसम्म र साँझ ५–६ बजेसम्म मात्र खुल्ला गर्ने । पसरलमा सामाग्री खरिद गर्दा कम्तीमा १ मिटरको सामाजिक दुरी कायम गर्ने । यस किसिमको पसलमा अनिवार्य रुपमा सावुन पानीले हात धुने व्यवस्था मिलाउने ।
२. स्वास्थ्य सेवा, सुरक्षा निकाय र सरकारी सवारी साधन र खाद्यन्न ढुवानीका बाहेक अन्य सवारी साधनलाई सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।
दिननाथ गौतम
अध्यक्ष
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















