बनेपा । काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष बर्ण शाक्य एका विहानै मागेर गुजारा चलाउनेको खोजी गर्दै राहत वितरण गरेका छन् । आज (मंगलबार) विहान उग्रेश्वरघाट वरपर मागेर दैनिक गुजारा चलाउनेहरुलाई वडा अध्यक्ष शाक्यले राहत वितरण गरेका हुन् ।

उनीहरुलाई दैनिक आवश्यक खाद्यान्न सामाग्री वितरण गरेको वडा अध्यक्ष शाक्यले जानकारी दिए । केही सञ्चार माध्यमहरुले आफूले सम्पन्न परिवारलाई मात्र राहत बाँडेको समाचार प्रकाशन गरेकोमा दुःख लागेको बताउँदै शाक्यले सरकारले तोकिएका मापदण्ड भन्दा विपरित राहत वितरण नगरीएको बताइएको छ ।
राहत वितरणमा जगन्नाथ मार्ग टोल सुधार समितिले सहजीकरण गर्दै आएको छ । आज मागेर दैनिक गुजारा गर्दै आएका ४ जनालाई राहत वितरण गरिएको टोल सुधार समितिले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















