भुम्लु । काभ्रे जिल्लाको भुम्लु गाउँपालिकामा किटनाशक औषधि (डीसइन्फेक्सन) छर्न शुरु गरेको छ । आज वागमती प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्साल र गाउँपालिका अध्यक्ष गुमानध्वज कुवँरको सहभागीतामा किटनाशक औषधि छर्न शुरु गरेको हो ।
किटनाशक औषधि सांसद लम्साल र गाउँपालिका अध्यक्ष कुवँर आफैले छरेका थिए ।
कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले किटनाशक औषधि छर्ने योजना बनाए बमोजिम भुम्लु गाउँपालिकाले किटनासक औषधि छर्न शुरु गरेको गाउँपालिका अध्यक्ष कुवँरले बताए ।
‘शुरुमा हामीले अरनिको राजमार्ग भएर आवात–जावात गर्नेको संख्या बढी भएको कारणले दोलालघाटको बजारमा भिडभाड बढी छ ।’ कुवँरले भने, ‘यसैलाई मध्यनजर गर्दै हामीले यहींबाट ‘डीसइन्फेक्सन–स्प्रे’ गर्न शुरु गरेका हौं ।’
आज पालिका भित्र सबै वडामा औषधि छर्ने गाउँपालिकाको अध्यक्ष कुवरले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।