पाँचखाल । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाले पसल खोल्ने समय तोकिएको छ । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्नका लागि पाँचखाल नगरपालिकाले दैनिक उपभोग्य सामाग्रीको पसलहरु निश्चिन समय तोकिएको हो ।
नगर प्रमुख महेश खरेलले आज एक सूचना जारी गर्दै उक्त कुरा जानकारी दिएका हुन् । पाँचखाल नगरपालिका र नगर क्षेत्र भित्र संचालनमा रहेका खाद्य सामाग्री लगायत अन्य दैनिक उपभोग्य सामान विक्रि वितरण गर्दै आएका होलसेलर तथा खुद्रा व्यवसायीहरु उद्योग बाणिज्य संघ, पाँचखालका बीच भएको संयुक्त बैठकले विभिन्न निर्णयहरु गरेको भन्दै प्रमुख खरेलले सूचना जारी गरेकाछन् ।
‘खाद्यान्न, तरकारी, मासु तथा फलफुल पसलहरु हप्ताको दुई दिन (समोबार र शुक्रबार) मात्र खोल्ने (समय विहान ६ बजेदेखि १० बजेसम्म । यो नियम औषधि, भेटेनरी तथा बिउ विजन पसललाई लागु हुनेछैन ।’ खरेलद्वारा जारी सूचनामा भनिएको छ, ‘रक्सी, गुटखा तथा सुपारीजन्य वस्तुहरु अर्को सूचना जारी नभएसम्मको लागि विक्रि वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।’
बैठकमा व्यवसायीहरुले पाँचखाल नगरपालिकामा ३ महिना खाद्यन्न संकट हुन नदिने सामूहिक प्रतिबद्धता समेत जनाएका छन् ।
यस्तो छ खरेलद्वारा प्रसित सूचनाः
यस पाँचखाल नगरपालिकाको नगर प्रमुखको अध्यक्षतामा नगर क्षेत्र भित्र संचालनमा रहेका खाद्य सामाग्री लगायत अन्य दैनिक उपभोग्य सामान विक्रि वितरण गर्दै आउनु भएका होलसेलर तथा खुद्रा व्यवसायीहरु उद्योग बाणिज्य संघ, पाँचखालको मिति २०७६ साल चैत्र २५ गतेको संयुक्त बैठकबाट तपशिल बमोजिम बजार व्यवस्थापनलाई सु–व्यवस्थित गरी खाद्य सामाग्री लगायत अन्य दैनिक उपभोग्य सामान विक्रि वितरण गर्ने÷गराउने निर्ण भएको हुँदा यस सूचनालाई पूर्ण पालन गरि÷गराई विश्वमा महामारीको रुपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहन सबै नगरबासीहरुको जानकारीको लागि यो सार्वजनिक सूचना जारी गरिएको छ ।
सूचनालाई कोही कसै (व्यवसायी, उपभोक्ताहरु)बाट उल्लंघन हुनेछैन भन्ने पूर्ण विश्वास गरिएको छ । कोही कसैबाट यस सूचनालाई उल्लंघन गरेको पाइएमा कानून बमोजिम कडा कारवाही गरिने छ ।
तपशिल
-
खाद्यान्न, तरकारी, मासु तथा फलफुल पसलहरु हप्ताको दुई दिन (समोबार र शुक्रबार) मात्र खोल्ने (समय विहान ६ बजेदेखि १० बजेसम्म । यो नियम औषधि, भेटेनरी तथा बिउ विजन पसललाई लागु हुनेछैन ।
-
रक्सी, गुटखा तथा सुपारीजन्य वस्तुहरु अर्को सूचना जारी नभएसम्मको लागि विक्रि वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
-
होलसेल र खुद्रा व्यवसायीहरुलाई आवश्यक मास्क तथा पञ्जा उद्योग बाणिज्य संघ मार्फत नगरपालिकाले उपलब्ध गराउने छ ।
-
होलसेल र खुद्रा व्यवसायीहरु बीच समन्वय गर्ने गराउने काम उद्योग बाणिज्य संघ मार्फत गर्ने।गराउने ।
-
व्यवसायीहरुद्वारा ३ महिनाको खाद्य संकट हुन नदिने सामूहिक प्रतिबद्धता जाहेर भए अनुरुप व्यवसायीहरुले सोह अनुसार गर्ने।गराउने ।
महेश खरेल
नगरप्रमुख

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















