पनौती । काभ्रेको पनौती नगरपालिकाले लकडाउनका कारण दैनिक ज्यालादारी मजदुर तथा अति विपन्न परिवारलाई राहत वितनरण गर्न स्थापित ‘फुड बैंक’मा हालसम्ममा करिब १८ टन चामल संकलन भएको छ । नगरपालिकाको बिपदे व्यवस्थापन समितिको बैठक पछि फुटबैंकको अवस्थाकोबारेमा प्रतिक्रिया दिंंदै नगर प्रमुख भिम न्यौपानेले उक्त कुरा बताएका हुन् । बिपन्न परिवारहरुलाई राहत वितरण गर्नको लागि स्थानीय संघ सस्था र व्यक्तिहरुले राहत सामाग्री सहयोग गर्ने क्रम पनि बढ्दै गएको नगर प्रमुख न्यौपानेले बताए ।

‘हालसम्ममा चामल १७ हजार ६ सय ४० किलो, दाल ९ सय २६ किलो, चिउरा १ हजार ५० किलो, चिनी २ हजार ६६ केजि संकलन भइसकेको छ ।’ न्यौपनेले भने, ‘कुनै पनि जनता कुनै पनि कारणले भोकै नहोस भन्नेमा नगरपालिका सचेत छ । त्यसैले खोजी खोजी वितरण गर्ने क्रममा छौं हामी । सहयोग गर्नेहरु पनि बढीरहेको छ ।’
बिपद व्यबस्थापन समितिका संयोजक समेत रहेका नगर प्रमुख न्यौपानेले एकद्वार प्रणालीद्वारा राहत वितरण कार्य थालनी गरिएको र यसलाई निरंतरता दिइने जानकारी दिए । ‘वडागत रुपमा कुल १ सय ३० जना अति बिपन्न परिवारको पहिचान गरि पहिलो चरणमा घोषित राहत सामाग्री वितरण गरि सकिएको छ ।’ उनले भने ।
बैठकमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा राहत सामग्री संकलन केन्द्रका संयोजक इन्द्रप्रसाद अधिकारीले नगरमा अत्यावश्यक खाद्यान्न, औसधि, लगायतको व्यवस्थापन भएको बताउँदै विभिन्न देशहरुबाट यो कोरोना सक्रमणको अबधिमा पनौती फर्किएकाहरुको खोजी पनि हुँदै गरेको छ ।
यसअघि नै नगरले ४ जना सम्मको परिवार र त्यो भन्दा बढी संख्याको परिवारलाई गरि दुई प्रकारको प्याकेज घोषणा गरि वितरण गरिसकेको वरिष्ठ प्रशासकिय अधिकृत अधिकारीले बताए ।
सहयोग गर्ने संघसंस्थाहरुको विवरण यस्तो छः
फुड बैंकमा खाद्यान्न सामाग्रीहरु सहयोग गर्ने संघसंस्थाहरुमा ज्योती मिर्मिरे, सामुदायिक, बिन्ध्यावासिनी, जनमैत्री, जागृत कुशादेवी, एकीकृत, रोशी, उद्यम बिकास, इन्द्रेश्वर, हिमाल, बिनायक, नमुना, लगायतका सहकारी सस्थाहरु, अनेरास्ववियु काभ्रे, बाग्मती टिपर व्यबसायी संघ रहेको छ ।
त्यसैगरि आत्मज्ञान प्रचार संघ, रविन्द्र पुरी फाउन्डेसन, लसुन जोडि, इन्द्रेश्वर मा.वि. २०४२ एसएलसि व्याज, हाम्रो पनौती समाज, पनौती वडा ८ वडा सदस्य शोभा कार्की, पिस होम, काभ्रे पुन्यवती यातायात प्राली, मल्पी इन्टरनेशनल स्कुल, रोशी खोला खानी समूह, निर्माण व्यवसायी संघ काभ्रे, पशुपति टोल सुधार समिती लगायत अन्य थुप्रै व्यक्ति र संघ सस्थाहरुले नगद तथा खाद्यान्न सामाग्री सहयोग गरेको अधिकारीले जानकारी दिए ।
संकलन भएको खाद्यान्नको विवरण यस्तो छः
फुड बैंकमा खाद्यान्न तथा नगद संकलन गर्ने क्रम जारी रहेको छ । हालसम्ममा धेरै संघसंस्था, व्यवसायी, समाजसेवीहरुले धेरै किसिमका खाद्यान्न सामग्री संकलन भएको छ ।
हालसम्ममा चामल १७ हजार ६ सय ४० किलो, दाल ९ सय २६ किलो, चिउरा १०५० किलो, चिनी २०६६ केजि, प्याज १५० केजि, गेडागुडी ५० केजि, तेल ९३४ लिटर, चाउचाउ ४७५० प्याकेट, नुहाउने हात धुने साबुन १०७३ गोटा,लुगा धुने साबुन १०८० गोटा, आलु २८ बोरा, नियापत्ती ५४ केजि, नुन ९२० केजिका साथै मस्यौरा, बिस्कुट आदि सहयोग प्राप्त भएको प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताए । उनका अनुसार नगद रु. ६० हजार विभिन्न संघ संस्था तथा व्यक्तिहरुवाट सहयोग स्वरुप प्राप्त भएको जानकारी वैठकमा दिइयो ।

Comments

comments