धुलिखेल । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुटद्वारा पैदलयात्रीलाई खाना ख्वाइएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लक डाउनका कारण घर फर्केका पैदलयात्रीहरुलाई मजदुर संगठनले खाना ख्वाइएको हो ।

संगठनका अध्यक्ष अर्जुन लामाको नेतृत्वमा धुलिखेलमा गत २४ गतेदेखि खाना ख्वाउन थालेको बताएको छ । ‘लकडाउनको १३ औं दिनसम्म सडकमा पैदलयात्रीहरुको संख्या बढ्दै गए पछि हामीले खाना ख्वाउन थालेका हौं ।’ अध्यक्ष लामाले भने, ‘काठमाडौंबाट तराई हिंडेका यात्रुहरु धुलिखेल आइपुग्दा खानाखाने समय हुन्छ । हामीले धुलिखेल वसपार्कमा खाना, पानी, चाउचाउ निःशुल्क उपलब्ध गराएका छौं ।’

शुरुकै दिनमा ५० जनाभन्दा बढीलाई खाना सयोग गरेको अध्यक्ष लामाले बताए । ‘देश नै संकटमा परेको बेला हामीले सहयोग नगरे कस्ले सहयो गर्ने ? के आउँछ र उहाँहरुलाई सहयोग गर्न ।’ लामाले भन, ‘काठमाडौंबाट घर हिंडेकाहरु सबै मजदुर हुन् । गरिखाने श्रमजीविहरुलाई सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो ।’

कोहि ब्यक्तिहरुलाई समस्या भएमा आफूलाई ९८५१०७७७०५ नम्बरमा सिधै खबर गर्न आग्रह समेत अध्यक्ष लामाले अनुरोध गरे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















