धुलिखेल । काभ्रे जिल्लामा रहेको बंैक तथा वित्तिय संस्थाहरु भोलिदेखि खुल्ने भएको छ । आज (बुधबार) प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा उद्योग वाणिज्य संघका पदाधिकारी तथा बनेपा तथा धधुलिखेलमा संचालित वाणिज्य बैंकका प्रमुख एवं सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण बैंकिङ सेवा सूचारु हुन नसक्दा ढुवानी आयातमा समस्या भएपछि बैंक तथा वित्तिय संस्थाहरु खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।
बैठकले भोलि २७ गते (विहिबार) देखि ३० गतेसम्म दिनको २ घण्टा खोल्ने निर्णय भएको पोखरेलले जानकारी दिए ।
यस्तो छ बैठकको निर्णयः
१. यस जिल्ला स्थित रहेका सबै बै.क तथा वित्तिय संस्थाहरुले भोलि मिति २०७६/१२/२७ गतेदेखि ३० गतेसम्म विहान ११ बजेदेखि १३ बजेसम्म नियमित रुपमा सञ्चालन गर्ने । त्यस पश्चात अर्थाति मिति २०७७ साल बैशाख १ गतेदेखि सबै संस्थाहरुले आपसि सहमतिमा समय अल्टरनेट गरी संस्था सञ्चालन गर्ने निर्णय गरियो ।
२. आपुर्ति तथा अन्य अत्यावश्यकिय सेवा प्रवाहमा सहजीकरणका लागि सिन्धुपाल्चोक जिल्ला र दोलखा जिल्ला स्थित रहेका बैंक तथा वित्तिय संस्था संचालनका लागी उल्लेखित जिल्लाको जिल्ला प्रशासन कार्यालय मार्फत समन्वय गर्ने निर्णय गरियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।