खगेन्द्र हमाल
सुर्खेत । मानव अधिकारक्रमी तथा एम्नेस्टी ईन्टरनेशनल नेपाल कानुन ब्याबसायि समुह सुर्खेतका अध्यक्ष हरिलाल खड्काले चिङगाड गाउँपालिकाका सम्पुर्ण वडाका स्वास्थ्य संस्थामा पि.पि.ई. सेट वितरणसँगै समग्र चिङाड गाउपालिकाका प्रत्येक वडाका स्वास्थ्यकर्मि, सुरक्षाकर्मी, ब्यापारी, तथा स्थानीयहरुलाई १२ सय माक्स वितरण गरेका छन् ।
अध्यक्ष खड्काले गापाका वडा कार्यालयमा पनि माक्स वितरण साथै कारोना सम्बन्धि सचेतना जगाएका थिए ।
चिङ्गाड गाउँपालिकाको समग्र विकास र स्थानीय जनताको सधै चासो राख्ने खड्का बिगत देखि नै समाजसेवामा छन् ।
विद्यार्थी जिवनदेखी नै केहि न केहि परिवर्तनको सोच राख्ने खड्का साहारा ई. मिडियम स्कुल गु्भाकोटको संचालक र प्याबसन सुर्खेत को सहसचिव समेत हुन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।