पाँचखाल । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाका अधिकांश वडा अध्यक्षहरुले नगर प्रमुख महेश खरेलको कार्यशैली प्रति असन्तुष्टी जनाएका छन् । सिंगो मुलुक कारोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा लागिरहेको अवस्थामा नगर प्रमुख खरेलले स्वयंले लक डाउनको उल्लंघन गरेको भन्दै असन्तष्टी जनाएका हुन् ।
विशेष गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित जनप्रतिनिधिहरुले उनको कार्यशैली प्रति आपत्ति जनाउँदै पाँचखालबासीको नाममा छुट्टै अपिल जारी गरेका छन् ।
अपिलमा वडा नं. १ का वडा अध्यक्ष अष्ट बहादुर लामा, वडा नं. २ का वडा अध्यक्ष हरिराम खतवडा, वडा नं. ५ का वडा अध्यक्ष वालकृष्ण रापकोटा, वडा नं. ६ का वडा अध्यक्ष रामशरण दुलाल, वडा नं. ७ का वडा अध्यक्ष पुष्कर ढकाल, वडा नं. १० का वडा अध्यष नारायण प्रसाद सापकोटा वडा नं. १२ का वडा अध्यक्ष गोपाल बहादुर दनुवारले हस्ताक्षर गरेका छन् ।
फोटो खिचाउन मात्र तल्लिन नगर प्रमुख
७ जना वडा अध्यक्षहरुद्वारा हस्ताक्षरित उक्त अपिलमा बैठकमा समेत उपस्थित नभएका नगर प्रमुख खरेल क्लोरिन छर्न शुरु भएपछि फोटो खिचाउन मात्र आएका आरोप लगाएका छन् ।
अपिलमा भनिएको छः ‘२०७६ साल चैत्र ९ गते विपद् व्यवस्थापन समितिको बैठक गरि १३ गते बैठकमा भिडियोबाट सम्बोधन गरि विपदमा समन्वय गर्न १ नं. देखि १३ नं. वडाका सम्पूर्ण वडा अध्यक्षहरुको फोन नं. सार्वजनिक सूचना नगरपालिकाबाट जारी गरी नगर प्रमुख र उपप्रमुख सम्पर्क समन्वयमा सहभागी नभई चैत्र १८ गतेको वडाध्यक्षहरुको उपस्थिति रहेको बैठकमा स्वयं उपस्थित नभई सोही दिने ३ बजे दमकल मार्फत क्लोरिन पाउडर छर्दै गरेको दमकल फोटो खिचाउनमात्र उपस्थित भई चैत्र १० देखि १८ सम्म नगर र नागरिक प्रति गरिएको व्यहोरामा घोर आपत्ति गर्दछौं ।’
नगर प्रमुखद्वारा लक डाउन तोडेको आरोप
अपिलमा नगरप्रमुख खरेलले लक डाउन तोडेको आरोप वडा अध्यक्षहरुले लगाएका छन् । वडामा विहान ६ बजेदेखि बेलुका ८ बजेसम्म नगर प्रमुख खरेल आमसभाको शैलीमा ठाउँठाउँमा भाषण गरि हिंडेको आरोप लगाउँदै स्वयं नगर प्रमुखले नै लकडाउन उल्लंघन गरिएकोमा आफूहरुको आपत्ति रहेको जनाएका छन् ।
‘२०७६ चैत्र २३ गतेको कार्यपालिका बैठकले वडा वडामा अत्यावश्यक स्वास्थ्य, कृषि कार्य बाहेक लक डाउन गर्ने निर्णय र सार्वजनिक सूचना जारी गरे पश्चात दैनिक रुपमा पार्टीका आफ्नो पक्षका कार्यकर्ताहरुलाई साथमा लिई वडाहरुमा जाँदा वडा अध्यक्षलाई जानकारी नगराई विभिन्न वडामा विहान ६ बजेदेखि बेलुका ८ बजेसम्म आमसभाको शैलीमा ठाउँठाउँमा भाषण गरि हिंडेको प्रति स्वयं नगर प्रमुखले नै लकडाउन उल्लंघन गरिएकोमा हाम्रो आपत्ति छ । साथै सो सम्बन्धमा सामाजिक सञ्जालमा रहेको फोटोहरुबाट प्रमाणित हुन्छ ।’ अपिलमा भनिएको छ ।
यस्तो छ अपिलः

सम्पूर्ण पाँचखाल नगरवासी आम नागरिक जनसमुदाय प्रति नेकपा जनप्रतिनिधि पाँचखालको तर्फबाट हार्दिक अपिल गर्दछौं ।
विश्वव्यापी रुपमा महाभारीको रुपमा लिएर फैलदै गरेको कोरोना भाइरसबाट बच्न नेपाल सरकारका तीन वटै तहबाट जारी भएको लकडाउन पूर्ण रुपमा पालना गरि ‘आफू पनि बाँचौं र अरुलाई पनि बचाऔं’ भन्ने मूल नारका साथ घर–घरमा सुरक्षित गर्ने अत्यावश्यक काम बाहेक घर बाहिर नजानका लागि नेकपा जनप्रतिनिधि पाँचखाल हार्दिक अपिल गर्दछ ।
१. स्मरणीय के छ भने संघी सरकारले कोरोना भाइरसको संक्रमणबाट संक्रमित सम्पूर्ण नागरिकलाई निःशुल्क उपचार गर्ने निर्णय गरिएको छ । प्रदेश सरकारले विपद व्यवस्थापनका लागि प्रारम्भिक रुपमा नगरवासीहरुलाई राहत वितरणका लागि रु. १२ लाख विनियोजन गरेकोमा सो रकम आइसकेको अवस्था छ । पाँचखाल नगरपालिकाको विपद् व्यवस्थापन समिति र वडा अध्यक्षहरु सहितको बैठकले १० लाख रुपैयाँ विपद कोष बनाई राहत वितरण कोष खडा गरिएको व्यहोरा सम्पूर्ण नगरवासीहरुमा अवगत गराउँदा छौं ।
२. २०७६ साल चैत्र ९ गते विपद् व्यवस्थापन समितिको बैठक गरि १३ गते बैठकमा भिडियोबाट सम्बोधन गरि विपदमा समन्वय गर्न १ नं. देखि १३ नं. वडाका सम्पूर्ण वडा अध्यक्षहरुको फोन नं. सार्वजनिक सूचना नगरपालिकाबाट जारी गरी नगर प्रमुख र उपप्रमुख सम्पर्क समन्वयमा सहभागी नभई चैत्र १८ गतेको वडाध्यक्षहरुको उपस्थिति रहेको बैठकमा स्वयं उपस्थित नभई सोही दिने ३ बजे दमकल मार्फत क्लोरिन पाउडर छर्दै गरेको दमकल फोटो खिचाउनमात्र उपस्थित भई चैत्र १० देखि १८ सम्म नगर र नागरिक प्रति गरिएको व्यहोरामा घोर आपत्ति गर्दछौं ।
३. २०७६ चैत्र २३ गतेको कार्यपालिका बैठकले वडा वडामा अत्यावश्यक स्वास्थ्य, कृषि कार्य बाहेक लक डाउन गर्ने निर्णय र सार्वजनिक सूचना जारी गरे पश्चात दैनिक रुपमा पार्टीका आफ्नो पक्षका कार्यकर्ताहरुलाई साथमा लिई वडाहरुमा जाँदा वडा अध्यक्षलाई जानकारी नगराई विभिन्न वडामा विहान ६ बजेदेखि बेलुका ८ बजेसम्म आमसभाको शैलीमा ठाउँठाउँमा भाषण गरि हिंडेको प्रति स्वयं नगर प्रमुखले नै लकडाउन उल्लंघन गरिएकोमा हाम्रो आपत्ति छ । साथै सो सम्बन्धमा सामाजिक सञ्जालमा रहेको फोटोहरुबाट प्रमाणित हुन्छ ।
४. राहत वितरण प्रक्रिया भइरहँदा बाँकी भएको वडाहरुमा जनप्रतिनिधिहरुलाई विभेद गर आफ्ना पार्टी कार्यकर्तहरुसँग नामावली मागेकोमा घोर आपत्ति गर्दै आगामी दिनमा वडा नं. १ देखि १३ सम्मका वडा समितिको सिफारिसमा गर्ने गराउने कार्यपालिकाको निर्ण भए बमोजिम वास्तविक पिडितहरुको पहिचान गरि नगरपालिकामा रहेको राहत कोषबाट राहत उपलब्ध गराउने ।
५. जिल्ला विपद व्यवस्थापन समन्वय समिति काभ्रे, जिल्ला प्रशासन कार्याल्य र सम्बन्धित सबै पक्षले अनुगमन गरि अवान्छनिय कार्य बन्द गर्न अपिल गर्दछौं ।
वडा नं. १ का वडा अध्यक्ष अष्ट बहादुर लामा
वडा नं. २ का वडा अध्यक्ष हरिराम खतवडा
वडा नं. ५ का वडा अध्यक्ष वालकृष्ण रापकोटा
वडा नं. ६ का वडा अध्यक्ष रामशरण दुलाल
वडा नं. ७ का वडा अध्यक्ष पुष्कर ढकाल
वडा नं. १० का वडा अध्यष नारायण प्रसाद सापकोटा
वडा नं. १२ का वडा अध्यक्ष गोपाल बहादुर दनुवार
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।