मिलनकुमार गौतम
काभ्रे । धुलिखेल नगरपालिकाले विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ नियन्त्रणका लागि आम नागरिकहरुप्रति पुर्ण जिम्मेवार भै आफ्ना गतिबिधिमा तिब्रता दिएको छ । नगरपालिकाले पहिलो चरणमा बिगत फागुन महिना देखि जन चेतनाका कृयाकलापहरु सुरु गरेका थियो ।
यस अन्तर्गत बिद्यालयहरुमा जनचेतना अभिबृध्दि देखि सामुदायिक परिचालन मार्फत जनप्रतिनिधिको सहयोगमा सवै स्वास्थ्य संस्थाहरु मार्फत आम नागरिकलाई चेतना फैलाउन बिबिध कृयाकलाप सञ्चालन गर्दै आएको थियो ।
धुलिखेल नगरपालिका स्वास्थ्य शाखाले करथरी मा..िब लगाएतका बिद्यालयहरुमा कक्षा सञ्चालन तथा नगरका बिभिन्न ५० भन्दा बढि स्थानमा फ्लेक्स मार्फत चेतना जगाउने कार्य गरेको थियो । वडा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरुमा १० हजार भन्दा बढि पर्चा, पोष्टर पम्पलेट वितरण तथा माइकिंग गरी नगरवासीलाइ कोभीड–१९का बारेमा सचेत गरिएको थियो ।
दोश्रो चरणमा सुरक्षाका लागि नगर कार्यपालिकाका सदस्यहरुलाई अभिमुखीकरण कार्यक्रम तथा स्वास्थ्यकर्मीलाई सेवा प्रभावकारी बनाउन उत्पे्ररणा तथा अनिवार्य उपस्थित भै सुरक्षित रही प्रभावकारी सेवा प्रदान गर्ने कार्य ब्यबस्थित गरिएको थियो ।
त्यसैगरी तेश्रो चरणमा सरकारी कार्यालयहरु, स्वास्थय संस्थाहरु तथा वडा कार्यालयहरुमा मास्क र हेण्ड सेनिटाइजर वितरण कार्यमा तिब्रता दिएको स्वास्थ्य शाखाले जनाएको छ ।
नगरका सवै वडाहरुमा डिसइन्फेक्टेन्ट छर्कने कार्य समेत सम्पन्न गरेको छ । बदलींदो परिस्थितीसँगै संघिय सरकार तथा प्रदेश सरकारका परिपत्र एवं निती अनुरुप कोभिड नियन्त्रणका लागि नगर प्रमुख अशोक ब्याञ्जु श्रेष्ठको संयोजकत्व र उप प्रमुख बिमला कुमारी शर्माको सह संयोजकत्वमा नगर समन्वय समिति गठन तथा वडा स्तरका समन्वय समितिहरु गठन गरी माहामारी नियन्त्रण रणनिती तयारीका साथ नगरपालिका लागीपरेको देखिन्छ ।
चैत्र ९ गते जि.स.स. प्रमुख उध्दव के सी, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सीना तथा सुरक्ष निकाय प्रमुख पत्रकार महासंघ काभ्रेका प्रमुख मोतिराम तिमल्सीना समेतको उपस्थितीमा बैठक सम्पन्न गरी नगर स्तरमा लकडाउन गर्ने निर्णय पारित गरेको थियो । धुलिखेल अस्पतालमा आइसोलेसनका लागी ८ वटा वार्ड र सञ्जीवनी मा.बि.मा ७० वेडको क्वारेन्टाइन सञ्चालन गर्ने निर्णय गरी कार्यान्वयन समेत गरी सकेको देखिन्छ।
यसका अतिरिक्त धुलिखेल नगरपालिकाले सवै स्वास्थ्य संस्थाका सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई कोरोना विरामी रेखदेखको र सेल्फ प्रोटेक्सन तालिम तथा जनही १।१ थान सुरक्षा सामाग्री पि.पि.इ. तथा थप हेण्ड सेनिटाइजर बितरण गरेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
त्यसैगरी सवै स्वास्थ्य संस्थाहरमा यसै आइतबार देखि थप औषधिहरु आपुर्ति गरि स्वास्थ्य सेवालाई प्रभावकारी बनाइने काम थालिएको छ भने धुलिखेल अस्पतालले कोरोना परिक्षण सेवा समेत सुरुगरेको जनाएको छ । कोरोना परिक्षण सुरु गरेको पहिलो दिन आइतवारका दिन नै सञ्जीवनी मा बि स्थित क्वारेन्टाइनमा पनौती तथा बनेपा नगरपलिकाका १० जना राखि सेवा सुचारु गरिएको थियो ।
पहिलो दिन आइतवारका दिन १७ जनाको धुलिखेल अस्पतालमा कोरोना कोभिड–१९ को परिक्षण गरिएकोमा सवैजनाको कोरोना नभएको नेगेटीभ नतिजा आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ को परिक्षण नतिजा आएसँगै क्वारेन्टाइनमा रहेका सवैलाई घर पठाइ सकिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















