धुलिखेल । जिल्ला संकट व्यवस्थापन केन्द्र, काभ्रेले स्थानीय तहलाई संकट व्यवस्थापन केन्द्र गठन गर्न निर्देशन दिएको छ । आज (विहिबार) बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्देशन दिएको हो ।
‘जिल्ला स्थित सबै स्थानीय तहहरुले शिघ्र संकट व्यवस्थापन केन्द्र गठन गरि सोको जानकारी जिल्ला संकट व्यवस्थापन केन्द्रलाई जानकारी गराउन सबै तहलाई निर्देशन दिएका छौं ।’ केन्द्रका सदस्य सचिव तथा जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख नरेन्द्र कुमार झाले जानकारी दिए ।
विरामीलाई स्कटीङ गरेर अस्पाल पुर्‍याउने
बैठकले विषम र जटिल परिस्थिति भएमा आवश्यकता अनुसार विरामी ल्याउने समयमा नजिकको सुरक्षा इकाईबाट गर्र्ने डा. झाले बताए । ‘कोभिड १९ फ्रेन्डली एम्बुलेन्सद्वारा विरामी अस्पतालसम्म ल्याउँदा आवश्यक सुरक्षा व्यवस्था मिलाउने निर्णय भएको छ ।’ झाले भने, ‘विषम र जटिल परिस्थिति भएमा आवश्यकता अनुसार विरामी ल्याउने समयमा स्कटीङ समेत नजिकको सुरक्षा इकाईबाट गर्ने निर्देशन जारी भएको छ ।’
भेला हुने खालको सबै कार्यक्रम पूर्णरुपमा बन्द
जिल्ला भित्र विभिन्न प्रकारका भेला, महोत्सव आदि पूर्ण रुपमा हुन नदिने र यसको सहजीकरण गर्न स्थानीय तहलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको जनाएको छ ।
‘विश्वव्यापी संक्रामक रोगको रुपमा फैलिदै गएको कोभिड–१९ रोगको संक्रमण नियन्त्रणका निम्ति यस जिल्ला भित्र कुनै पनि विभिन्न प्रकारका भेला, महोत्सव, जात्रा, पर्वहरु पूर्ण रुपमा हुन नदिने ।’ झाले भने, ‘यसको लागि जिल्ला स्थित सबै स्थानीय तहहरुलाई सहकजीकरणको लागि अनुरोध गर्ने भनिएको छ ।’
मालबहक सवारी साधानले मान्छे बोक्न नपाउने
मालबाहक सवारी साधनहरुलाई पदल यात्री तथा यात्रुलाई बोक्न नदिने बैठकले निर्णय गरेको डा. झाले बताए । ‘मालबाहक सवारी साधनहरुलाई निर्वाध रुपमा आवागमनको व्यवस्था मिलाई आपूर्ति व्यवस्थालाई थप सहज बनाउने निर्णय भएको छ ।’ उनले भने, ‘ढुवानी पश्चात पर्कने खाली सवारी साधनले कुनै पनि किसिमको पैदलयात्री तथा यात्रुलाई बोक्न नपाउने नियम बनाएका छौं ।’
क्वारेन्टाईनको अनुगमन गर्ने
जिल्लामा निर्माण भएको क्वारेन्टाइनहरुको अनुगमन गर्ने निर्णय भएको छ । ‘कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको लागि जिल्लाका विभिन्न स्थानहरुमा निर्माण भएका क्वारेन्टाइनहरुको अनुगमन तथा सुपरिवेक्षण समितिले अनुगमन गर्ने निर्णय भएको छ ।’ झाले भने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।