काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ५ का युवाहरुले आफ्नो वडामा रहेको दैनिक ज्यालादारी मजदुरहरुलाई आफ्नै प्रयासमा सहयोग गरेका छन् । मजदुरहरुको चुलो निभ्ने स्थिति सृजना भएपछि टोल टोलमा समूह बनाई खाद्यान्न बाँडेका छन्।
परापुर्ब कालमा अैचो पैचो पर्व भनेर ,हुने ले नहुने लाई दिने चलन रहेकामा हाल बिकाशसँगै पुराना सभ्यता बिर्सिएर मानबता मर्दै गरेको अबस्थामा हामीले नगरे कस्ले गर्ने अहिले नगरे कहिले गर्ने भनेर यो अभियान सुरु गरेको अभियन्ता शुनिल राज गिरीले बताए । १५ जना जति स्थानीय युवा मिल्दा केही मजदुरी गर्ने को चुलो बाल्न सकिने भएको ले यो अभियान सुरु भएको स्थानीय ब्यबसायी सानु लामाले बताए ।
सहयोगि दाताहरुमा अनिल श्रेष्ठ, सन्देश सुन्दास, अनिल सापकोटा, पुजन सापकोटा लगायतले सहयोग गरेका हुन् । कोरोना भाइरसका कारण लकडाउन भएसँगै सबै प्रकारका काम ठप्प हुदा ज्याला मजदुरी गर्ने आफ्ना छिमेकीको अबस्थामा मलम लगाउन यो अभियान सुरु भएको अर्का अभियान्ता मित्र भुजेलले जानकारी गदिए ।
छिमेकीको चुला बाल्न लागि पर्नु भएको अभियानका अभियन्ता कुमार लामा र राजु लामाले यो कुनै पार्टी विशेष नभएको र कुनै संस्थाको सहयोग नरहेको जानकारी गराउदै अभियन्ता कुमार लामाले यो कुनै संघ सस्था ले बाडेको जस्तो राहत हैन र राजनीतिक प्रचार नभएको बताए ।अर्का अभियन्ता भुवन भारतीले अैचो ,पैचो सरसापट र हुनेले नहुनेलाई सहयोग गर्नु नै असल कुरा हुने बताए । अभियानमा पाँचखाल ५ का करिब २० घर धुरी लाई १५ के.जी चामल, नुन, तेल ,साबुन बितरण गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















