धुलिखे । काभ्रे जिल्लाबाट निर्वाचित वागमती प्रदेश सभा सदस्य सांसद बसुन्धारा हुमागाईंले विपद् व्यवस्थापन कोषमा तीन महिनाको तलब सहयोग गरेका छन् । सांसद हुमागईंले १ महिनको परिश्रम प्रदेश विपद् राहत कोषमा र दुई महिनाको परिश्रम आफू निर्वाचित भएको गाउँपालिका तथा नगरपालिकाको विपद् व्यवस्थापन कोषमा सहयोग गरेका हुन् ।

मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका, पनौति नगरपालिका र बेथानचोक गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा हुमगाईंले उक्त सहयोग रकम जम्मा गरेका छन् ।
‘प्रत्येक पालिकाको विपद् व्यवस्थापन कोषमा मैले २ महिनाको परिश्रमबाट जति भागमा आउँछ त्यति जम्मा गरिदिएको छु ।’ सांसद हुमगाईंले तेमाल अनलाईसँग भने, ‘पालिकामा मैले २५।२५ हजारको दरले कोषमा जम्मा गरिदिएको छु । यो विपद्मा हामी सबै मिलेर सामना गर्न मैले यसो गरेको हुँ ।’
हुमागाईं आफै पालिकामा पुगेर रकम हस्तान्तरण गरेका छन् । विहिबार उनी मण्डनदेउपुर नगरपालिकामा पुगेर नगर प्रमुख टोकबहादुर वाईबालाई २५ हजार रुपैयाँ रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
नगरपालिकालाई सयोग उपलब्ध गराएकोमा नगर प्रमुख वाइबाले सांसद हुमागईंलाई धन्यवाद दिदै सबै मिलेर बिपदको सामना गर्न सहज हुने बताए ।
प्रमुख वाइबाले आफू बिपद ब्यबस्थापन गर्न नगरवासी कै साथमा साथ मिलाउदै अगाडि बढिरहेको जानकारी सांसद हुमागाईंलाई गराएका थिए ।
स्वास्थ्यकर्मीहरुसँग छलफल
सांसद हुमागाईंले नगरपालिकामा रहेका स्वास्थ्य चौकिले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि कस्तो तयारी भइरहेको भनी चासो समेत व्यक्त गरेका थिए । साथै हुमागाईंले मन्डनदेउपुर नपा भित्र रहेका ६ वटा स्वास्थ्य चौकीको अनुगमन गद स्वास्थ्यकर्मीहरुसँग छलफल समेत गरेका थिए ।

नगर भित्र कोरोना भाइरस नियन्त्रण लक्ष्यित कार्यक्रमको बारेमा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र नागरिकहरुसँग पनि उनले छलफल गरेका थिए ।
मन्डनदेउपुर नपामा भारतबाट फर्केर क्वारेन्टाईनमा बसीरहेकासँग सांसद हुमागईंले स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।