२९ चैत्र २०७६
धुलिखेल । रामेछाप जिल्लाबाट मोटरसाईकल चोरी गरि काभ्रे आएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी विक्रम कुमार थापाका अनुसार शुक्रबार रोशीमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रामेछाप जिल्ला लिखुतामाकोशी गाउँपालिका वडा नं। ३ बस्न पदम बहादुरको छोरा वर्ष १८ को बुद्ध तामाङ, सिंह बहादुरको छोरा वर्ष १५ को लाल बहादुर तामाङ र मान बहादुरको छोरा वर्ष १५ को सन्त बहादुर तामाङ रहेका छन् ।
डिएसपी थापाका अनुसार शुक्रबार राती २ वजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नं। ०९ मंगलटार स्थित बि।पि। राजमार्गमा तीनै जनालाई पक्राउ गरेको थियो । उनीहरु सिन्धुली तर्फबाट काठमाण्डौ तर्फ आउदै गरेको बा।६५।प। ८१२४ नं। को २२० सीसीको पल्सर मोटरसाईकलमा आईरहेको अवस्थामा रोकी आवश्यक कागजातहरु माग गर्दा दिन नसकेपछि अनुसन्धानको लागि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
शंकालागि सोधपुछ गर्दा विहिबार २७ गते बेलुकी रामेछाप जिल्ला मन्थली स्थित सडक छेउमा रोकी राखेको अवस्थामा लक तोडी चोरी गरी काठमाण्डौ तर्फ चलाई लिई आएको उनीहरुले स्वीकारेका थिए ।
उनीहरुलाई मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछापमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















