अशोक बुद्ध लामा
३० चैत्र २०७६
रोशी । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ११ मा तत्काल राहत वितरण नगर्ने निर्णय गरेको छ । शनिबार वडा अध्यक्ष मिलन लामाको अध्यक्षतामा बसेको विपत व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले वडा अध्यक्ष लामाको संयोजकत्वमा १३ जना सदस्यीय वडा स्तरीय विपत व्यवस्थापन समिति गठन गरेको छ । वडामा तत्कालको अवस्थामा राहत आवस्यक नभएकोले रातह वितरण नगर्ने निर्णय गरेको वडा अध्यक्ष लामाले तेमाल अनलाईनलाई जानकारी दिए ।
दिर्घरोगीहरुको खोजी गरेर उनीहरुलाई आवश्यक औषधिको व्यवस्थ अहिलेको लागि जरुरत भएकोले सोक व्यवस्थागर्ने निर्णय भएको लामाले बताए । ‘यो वडामा अहिले तत्कालको लागि राहतको आवश्यकता छैन । कोरोना भाइरसले दिर्घरोगीहरुलाई सबैभन्दा बढी असर गर्ने भएकोले बरु तिनीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै औषधि उपलब्ध गराउने निर्णय गरेका छौं ।’ वडा अध्यक्ष लामाले भने, ‘उहाँहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउन हामी लाग्नेछौं । अहिलेको आवश्यकता यहीं नै हो ।’
वडामा रहेको नियमित औषधी सेवन गर्ने सुगर, दम, क्यान्सर, मुटु, थाइरइड लगाएत अन्य दिर्गरोगीहरुको पहिचान गरि गाउँपालिका तथा स्वास्थ्य शाखामा समन्वय गरि औषधी उपलब्ध गराउने वडा लामाले बताए । साथै बैठकले कोरोना रोकथामको लागि आवस्यक जनचेतना अभियान पनि सञ्चालन गर्ने उनले बताए ।
बैठकको निर्णयः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















