तेमाल । काभ्रे जिल्लाका तेमाल गाउँपालिकाका स्वास्थ्यकर्मीहरु चौविसै घण्टा स्वास्थ्य संस्था र समुदायमै रहेको बताएका छन् । तेमाल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवहरी पाठकले तेमाल अनलाईनसँगको अन्तरवार्तामा उक्त कुरा बताएका हुन् ।
तेमाल गाउँपालिका आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने विरामी बाहेकका विरामीलाई सबै सेवा दिन सक्ने अवस्थामा रहेको उनले बताए । ‘हामीले ३ वटा गाडी ‘हाइ अलर्ट’मा राखेका छौं । एउटा एम्बुलेन्स र २ वटा पालिकाको गाडी छ ।’ उनले भने, ‘यहाँ आइसोलेसन कक्ष नभएकोले यसमै राखेर उपचार गर्नुपर्ने विरामी बाहेक अरुको लागि हामी तयार छौं ।’
भिडियो अन्तरवार्ताः

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।