बैशाख २, काठमाडौं । सरकारले हाल जारी राखेको लकडाउनलाई बैशाख १५ गतेसम्म थप्ने निर्णय गरेको छ ।
आज (मंगलबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठककले चैत ११ देखि जारी लकडाउनलाई बैशाख १५ सम्म थप्ने निर्णय लिएको हो ।
बिहान साढे ११ बजेदेप्रिधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो ।
यसैगरी बैठकले बैशाख १८ गतेसम्मका लागि सीमाना नाका बन्द नै राख्ने निर्णय गरेको छ ।
सरकारले यसअघि नै बैशाख १८ सम्मका लागि अन्तराष्ट्रिय हवाई उडान बन्द गरिसकेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























