बैशाख ३, २०७७ काठमाडौं । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षममा सरकारका पूर्वसचिव सुशिल घिमिरे नियुक्त भएका छन् ।
हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो ।
यसअघिका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि निगमको नेतृत्वदायी पद खाली थियो ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई र खरेलको ट्युनिङ मिल्न नसकेपछि निगमको कार्यकारी अध्यक्षबाट २०७६ माघमा राजीनामा दिएका थिए ।
मन्त्री भट्टराईले सरकारले दिएको लक्ष्यअनुसार खरेलले काम गर्न नसकेको बताउँदै आएका थिए । पर्यटन मन्त्री योगेश भट्टराईले मन्त्री भएपछि घिमिरेकै संयोजकत्वमा निगम सुधार कार्यदल बनाएका थिए । १ असोजमा उक्त कार्यदलले प्रतिवेदन मन्त्रीलाई बुझाएको थियो ।
पर्यटन सचिव हुँदा घिमिरेले १८ महीना नेपाल वायुसेवा निगमको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।