४ बैशाख २०७७
धुलिखेल । वागमती प्रदेश सभा सदस्य सांसद रत्न ढकालले पैदल यात्रुहरुबारे सरकार बेखबर भएको आरोप लगाएका छन् । कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकार गरेको लक डाउनपछि बढेको पैदलयात्रीको विषयलाई लिएर सांसद ढकालले यस्तो आरोप लगाएका हुन् ।
काठमाडौंबाट बाहिरीएका हजारौं मान्छेहरुले बोकेको दुःख कष्ट देखेर आफूलाई सारै दुःख लागेको ढकालले बताए । सामाजिक सञ्जाल फेसबुकमा उनले तिनीहरुको व्यवस्थापनको लागि सरकारले सोच्नुपर्नेमा जोड दिएका छन् ।
उनले सत्ता भनेको कान, आँखा नभएको अन्धो र कानो हुन्छ कि भन्ने आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्ः ‘पैदल यात्रुहरूबारे सरकार बेखबर छ या सत्ता भनेको कान, आँखा नभएको अन्धो र कानो हुन्छ । तत्काल कि जहाँ छन् त्यहीं ब्यवस्थापन गर या सेना र प्रहरीको सवारी साधन मार्फत गन्तव्यसम्म पुर्याउनु परो सरकार ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















