४ बैशाख २०७७
काठमाडौं / नेपालमा थप ६९ जिल्लामा कोरोना भाइरसको र्‍यापिड टेस्ट सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो आयोजना गरेको मिडिया ब्रिफिङमा देशका ८ जिल्लामा मात्र कोरोनाको र्‍यापिड टेस्ट सुरु नभएको जानकारी दिएका हुन्।
‘देश भर ८ जिल्लाबाहेक सबै जिल्लामा आरडिटी सुरु भएको छ’ उनले भने, ‘यी जिल्लामा पनि चाँडै सुरु हुनेछ।’
हालसम्म १२ हजार १ सय ९२ जनाको आरटिडी गरिएको उनले बताए। यसैगरी कूल ७ हजार २ सय ४० जनाको पिसिआर प्रविधिबाट परीक्षण गरिएको छ। दुवै प्रक्रियाबाट कुल १९ हजार ४ सय ३२ जनाको परीक्षण भएको हो।
यसैगरी देशभरमा ४ हजार ९ सय १ जना क्वारेन्टाइनमा रहेको र आइसोलेसनमा १ सय ३ जना रहेको उनले बताए। बिहीबार कुनै पनि कोरोना संक्रमित बिरामी नभेटिएको समेत उनले बताए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।