खगेन्द्र हमाल
४ बैशाख २०७७
सुर्खेत । जिल्लाको चौकुने गाउँपालिकामा भारतबाट आएका ४२१ जना मध्ये १९४ जनाको आरडीटी गरिएको छ । चौकुने गाउँपालिकाको वडा नं. ६, ७ र ८ गुटुमा ८६ जना, घाट्गाउ ९ र १० मा ६३ जना र बिजौरामा ४५ जनाको टेष्ट गरिएको हो ।
आरडिटी गरिएका १९४ जनाकै रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य अधिकृत डिल्लीराम घिमिरेले जानकारी दिए । जन स्वास्थ्य सेवा कार्यलय, सुर्खेतको सहयोगमा गुटुको जीवन ज्योति माबि, घाटगाउँको स्वास्थ्य चौकी र बिजौरा स्वास्थ्य चौकीमा आरडीटीगरिएको हो । जस मध्ये ७ जनाको स्वाव संकलन पनि गरिएको छ ।
चौकुने गाउँपालिकाको लगाम र बेतानमा भने दोस्रो चरणमा आरडीटी गरिने छ । र्यापिड टेष्टका लागि चौकुने गाउँपालिका अध्यक्ष धिर बहादुर शाही, उपाध्यक्ष निर्मला मगर, प्रमुख प्रशासकीय अधिकृत हित प्रसाद पौडेल, युवा नेता गोरख शाही, लालमणि धमाला लगाएतले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको यस भयावह स्थितिमा चौकुनेवासी नागरिकहरुलाई अति आवश्यक काम बाहेक घर बाहिर हिड्डुल नगर्न र यस कोरोना भाईरससँग सम्बन्धित कुनैपनी लक्षण देखापरेमा तुरुन्तै स्वास्थ्य संस्थामा गएर आफ्नो स्वास्थ्य परिक्षण गर्न सबैलाई अनुरोध गरे ।
Comments