४ बैशाख २०७७
काभ्रे । कोरोना भाइरस संक्रमणबाट बेलायतमा एक पूर्व गोर्खा सैनिकको निधन भएको छ । निधन हुनेमा धनकुटा जिल्ला हात्तिखार्का–१, माकलुंग स्थायी घर भई लण्डन वोएस्ट ड्राईटन्टमा बसोबास गर्दै आएका पूर्व गोर्खा सैनिक हरिमान तामाङ रहेका छन् ।
तामाङको स्थानीय हिलिङ्डन हस्पिटलमा बुधबार निधन भएको तामाङ सोसाइटी अफ बेलायतका पुर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार धर्म तामाङले जानकारी दिए ।
८२ वर्षीय तामाङलाई रुघा, खोकीको लक्षण देखिएपछि अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखिएको थियो । तामाङ श्रीमती, छोरी कला तामाङ र ज्वाई मणि तामाङसँगै बेलायतमा बसोबास गर्दै आईरहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















