काभ्रे । जिल्लाको खानीखोला गाउँपालिका वडा नं. ४, पत्थरचोकमा डिस्को भत्केर ४ जना घाइते भएका छन् । घर लिपपोतको लागि माटो लिन जाने क्रममा उनीहरुलाई ढिस्कोले आज पुरेको थियो ।
घाइते मध्य तीन जना गम्भिर घाइते छन् भने एक जना सामान्य घाइते अवस्थामा रहेको नेकपाका जिल्ला सदस्य दैवलाल घिसिङले तेमाल अनलाईनलाई जानकारी दिए ।
घिसिङका अनुसार घाइते हुनेहरुमा सो वडाका धनबहादुर गोलेकी छोरीहरु २४ वर्षिय एरिना गोले, १९ वर्षिय सरिना गोले, ११ वर्षिय सनिसा गोले र ९ वर्षिय अनिसा गोले रहेका छन् । उनीहरु मध्य अनिसा गोले भने सामान्य रहेको उनले जानकारी दिए ।
हेलिकोप्टरबाट उद्धार गरिदै
घाइते चारै जनालाई तालढुंगा इलाका स्वास्थ्य कार्यालयमा उपचारको लागि लगिएको थियो । तालढुंगामा उपचार नहुने भएपछि गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले प्रतिनिधिसभा सदस्य सांसद गंगाबहादुर तामाङ र पूर्व मन्त्री एवं सांसद गोकु बाँस्कोटालाई उद्धारको लागि अनुरोध गरेका थिए । सोही अनुसार सांसदद्वय बाँस्कोटा र तामाङको पहलमा हेलिकोटप्टर मार्फत अहिले उद्धार कार्य जारी रहेको गाउँपालिका अध्यक्ष खुलालले जानकारी दिए ।
‘तालढुंगामा उपचार हुने अवस्थामा छैन ।’ अध्यक्ष खुलालले भने, ‘त्यसैले माननीय गोकुल बाँस्कोटा र गंगाबहादुर तामाङलाई हेलिकोप्टार पठाउन अनुरोध गरेको छु । अब उहाँहरुकै पहलले उपचारको लागि हेलिकोप्टारबाट लगिदै छ ।’
३ जना गम्भिर घाइतेहरु मध्यमा एरिना गोले सबैभन्दा गम्भिर घाइते रहेको उनले जानकारी दिए ।

Comments

comments