-
टिपी शर्मा तिमल्सिना
म अहिले सोच्दैछु । मेरो जनप्रतिनिधित्व काल अत्यन्त कठिन परिस्थीतिहरुमा व्यथीत हुँदै गएको छ।परिस्थितिजन्य प्रकोप र संक्रमकालीन अवस्था बाट देशले निकास पाउने समयमा मैले कार्यभार ग्रहण गरेको थिए।लामो समय रिक्त रहेको स्थानिय निकायबाट जनताहरुले ठूलो आशा,अपेक्षा गरेका थिए। तर, उत्पन्न परिस्थीती र कामको प्रकृतिको कार्यचित्र निर्माणमै केही समय बित्यो।जुनबेला भूकम्पले देशलाई थिलथिलो बनाएको थियो।र, देश पुननिर्माणको बाटोमा लागीरहेको कठिन परिस्थितिमा थियो,त्यहिबेला हामी तमाम स्थानिय तहका जनप्रतिनिधिहरु निर्वाचित भएर कार्यभार सम्हाल्न पुगेका थियौ।हाम्रो कार्य अनुभव र पदिय दायित्व नितान्त नौलो थियो।तर,जनताका आकांक्षा र सपनाहरु धेरै ठुला थिए । तैपनी अनुभव सगाल्दै गर्नुपर्ने महत्वपूर्ण कामहरुलाई प्राथमिकतामा राख्दै हामी अगाडि बढदै गयौं।
अहिलेपनी हामी कठिन परिस्थितिमा नै उभिएका छौं । विश्वव्यापी रुपमा संक्रमण फैलदै गएको कोरोनाको कहरमा स्थानिय तहको जिम्मेवारी महत्वपूर्ण देखिएको छ।यदि,यी कठिन घडी र परिस्थितिमा स्थानीय तह नरहेको भए लकडाउन र राहतको व्यवस्थापन कसरी हुन्थ्यो होलारुदेशभरीकै ७५३ वटा स्थानीय तहको भूमिका कोरोनाको महामारीमा महत्वपूर्ण देखिरहेको छु । जसरी स्थानीय तहले महामारीको जटिल परिस्थितिमा जनताको स्वास्थ्य,अभाव र जीवनयापनलाई व्यवस्थीत गर्न पहलकदमी गरिरहेको छ,त्यो संघ र प्रदेशबाट मात्र सम्भव थिएन।तर, स्थानिय निकायको जिम्मेवारी र प्रत्यक्ष संलग्नता महत्वपूर्ण हुदाहुदै पनि हरेक कार्यमा उसको अधिकार संकुचन छ।स्थानियतह लाई जति अधिकार सम्पन्न बनाउनुपर्ने हो,त्यसमा रहेको कमिले गर्दा सबल भएर कामगर्न बाधा पुगीरहेको छ।स्थानीयतहको जिम्मेवारी लाई अझै सशक्त बनाउन पर्याप्त अधिकार दिनुपर्छ भन्ने मैले महशुस गरेको छु।तर जिम्मेवारीलाई बहन गर्ने जति अधिकार दिइएको छ, त्यो पर्याप्त छैन।
अनेक व्यवधान र परिस्थितिजन्य उपजले स्थानिय जनतासँग प्रतिनिधिहरुले गरेका प्रतिबद्धता पुरागर्न निकै कठिन छ।झन, यो कोरोनाको महामारीले धेरै कामहरुलाई आधात पुर्याउने देखिदैछ।अहिले विकास,निर्माण र निर्धारित योजनाहरु लाई महामारी को विकराल रुपले पाखा लगाउदै गएको छ।महामारीकै कारणले जनताका अन्य चाहना,इच्छा र सपनामाथी कुठाराघात हुने निश्चितप्राय छ।कोरोनाको भिमकाय त्रासदीलाई कहिलेसम्म र कसरी निरुपण गर्न सकिन्छ,यसको परिणाम विश्वव्यापी रुपमा नियन्त्रण र रोकथाम भएपछी नै भन्न सकिएला१यो अन्तरालमा जनताको दैनिकी र जीवनका सरोकारसँग जोडिएको सम्पूर्ण समस्याहरुको व्यवस्थापनमा स्थानीयतह प्रत्यक्ष संलग्न रहनु आवश्यक छ।जसलेगर्दा स्थानीयतहका अन्य कामहरु प्रभावित भएर ओझेलमा पर्ने निश्चित छ।
अहिले निर्वाचित भएका ७५३ वटै स्थानीय तहका जनप्रतिनिधिहरु शुरुवात अवस्थादेखी नै देशको जटिल परिस्थितिको समस्या भोग्दै आएका छ्न।लामो जनप्रतिनीधिविहिन स्थानीय निकायलाई चुस्त(दुरुस्त बनाउनमा नै केही समय लाग्यो।भूकम्पले दिएको घाउलाई निको पार्नु अर्कोतिर छदैथियो।संघीय र प्रदेश सरकारविनाको स्थानीय निकायमा धेरै चुनौती र अप्ठ्याराहरु थिए।जब स्थानिय जनताका इच्छा,आंकाक्षा र मागलाई सम्बोधन हुने मार्गचित्रको कार्ययोजनाहरु बन्नथाले।त्यहिबेला संघ र प्रदेशको निर्वाचन र गठनले केहिसमय स्थानीयतह अलमलियो।संघीय र प्रदेश सरकारको गठनपछि स्थानीयतहले तय गरेका कार्य योजना र मार्गचित्र पनि अलमलमा परे।स्थानिय निकायको जिम्मेवारी र अधिकारको व्याख्या नै अलमलमा थियो।विभिन्न उतारचढाव र व्यवधानका वीचमा पनि स्थानीयतह आफ्नो जिम्मेवारी पूरा गर्दै अघि बढिरहेको थियो,यहिवेला विश्वव्यापीरुपमा भित्रीएको कोरोनाको संकटले नेपाललाई पनि छोडेन।अहिले कोरोनाको क्षतिबाट जनधन लाई बचाउन देशनै लागीपरेको अवस्था छ।र, यसमा स्थानीयतहको जिम्मेवारी र भूमिका पनि महत्वपूर्ण छ।कोरोना भाइरसबाट हुने क्षतिलाई न्यूनगर्न स्थानीयतह सबै काम छोडेर लागीपरेको अवस्था छ।
यस्तो अवस्थामा स्थानीयतहका अन्य कामहरु गौणमा परेका छन।अब मलाई लाग्छ,अहिले निर्वाचित जनप्रतिनिधिहरुको बाकीको दुइवर्ष जनताका प्रत्यक्ष सरोकारका विषयहरु भन्दा कोरोना, बर्षात र बाडी(पहिरोको कहरमै बित्नेछ।जनतासँग गरीएका प्रतिबद्धता र जनताका आधारभूत आवश्यकताको मार्गचित्र कोर्न यस्तै व्यवधानले बाधा उत्पन्न गराइरहेका छन।धेरै आशा,विश्वास र केहिगर्ने उद्देश्यबाट प्रेरित हुँदै निर्वाचित भएको काल केही गर्नै नपाई परिस्थीतिले जकडिदिने हो कि भन्ने दुख र पश्चताप नहोस भनेर अहिलेपनी मनमा पीर लागीरहेको छ।र, सोच्दा(सोच्दै यसरी अभिव्यक्त हुन पुगेछु।तैपनी हार खाएको छुइन,परिस्थितिलाई जितेर अगाडि बढने आत्मबल र हिम्मत बाधीरहेको छु।
विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसलाई नियन्त्रण गर्न तथा कोरोना संक्रमितहरुको उपचारमा सेवाभावले समर्पित नेपाल लगायत विश्वका चिकित्सक,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,राजनीतिकर्मी, संचारकर्मी र सामाजिक अभियन्ताहरुलाई हृदयदेखी नै धन्यवाद दिन चाहन्छु।यस्तो कठिन परिस्थितिमा जसको अथक प्रयासका कारणले कोरोनाको संक्रमण नियन्त्रणमा सहयोग पुगीरहेको छ,ती सबै धन्यवादका पात्र हुन,र ती सबैप्रती हामीले हृदय देखिनै आभार व्यक्त गर्नुपर्दछ।
(लेखक नमोबुद्ध नगरपालकाका प्रमुख हुन् ।)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















