५ बैशाख २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय श्रमिक तथा ट्रेड युनियन विभागले प्रधानमन्त्री केपी शर्मा ओलीलाई श्रमिकका समस्याका सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
विभागका प्रमुख शिवप्रसाद हुमागाँईले शुक्रबार प्रधानमन्त्रीको अफिसियल मेलमा ध्यानाकर्षण पत्र पठाएका हुन् । पत्रमा लकडाउन लम्बिदै जाँदा अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुको बस्ने बास र खाने गाँस समेत नभएर सडकमा सयौं किलोमिटरको यात्रा रोज्न बाध्य हुनु परेको बारे उल्लेख गरिएको छ ।
कहालीलाग्दो र दर्दनाक दृश्य रोक्न र नागरिकप्रति संवेदनशिल बनेर श्रमिकहरुलाई तत्काल गन्तव्यसम्म पुर्याउने प्रधानमन्त्रीसँग हुमागाँईको माग छ ।
पत्रमा भएिको छ, ‘राहतवितरण गर्दा स्थानीय निकायभित्र रहेका मतदातासँगसँगै अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक र विधार्थीहरुको समेत रेकर्ड लिई एक रुपता साथ तत्काल आवश्यक पर्ने राहत वितरण गरियोस् ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















