६ बैशाख २०७७
धुलिखेल । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले गरिएको लकडाउनका कारण सडकमा पैदलयात्रीहरुको संख्या बढेको छ । दैनिक गुजारामै समस्या परेखेपछि काठमाडौंबाट बारिएकाहरुको संख्या धेरै भएको हो ।
यसैबीच काभ्रे जिल्लाको पनौती नगरपालिकाका नगर प्रमुख भिम प्रसाद न्यौपानले आफ्नो नगरमा आइपुगेका पैदलयात्रीहरुलाई सुरक्षित ढंगले गन्तव्य स्थानमा पुर्‍याएका छन् । नगर प्रमुख न्यौपानेले सिन्धुलीको गोल्जोर गाउँपालिकाकाका ३४ जना पैदलयात्रीहरुलाई गन्तव्यस्थानसम्म पुर्‍याइएका हुन् । ती पैदलयात्रीहरु काठमाण्डौबाट हिड्दै शुक्रबार साँझ कुशादेवी आइपुगेका थिए ।
न्यौपानेले सिन्धुलीको गोल्जोर गाउँपालिकासँग समन्वय गरेर शनिबार बिहानै गाडी मार्फत उनीहरुलाई गन्तब्यमा पुर्‍याइएका थिए ।
शुक्रबार साँझ न्यौपानेकै समन्वयमा पनौती नगरपालिका वडा नम्बर ३ डिहीका स्थानीयले उनीहरुलाई खानपान र बासको ब्यवस्था गरेका थिए । ‘हिजो साँझ उच्च सतर्कताका साथ उहाँहरुलाई खाना खुवाएर राख्यौ, नगरप्रमुख न्यौपानेले भने ‘बेलुका नै समन्वयको काम सकाएर विहान गन्तब्य तर्फ गाडी मार्फत पठाइएको हो ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले हिंडडुलमा समेत कडाई गर्न निर्देशन दिए पनि अन्तर जिल्ला र अन्तर पालिका स्तरमा समन्वय गरि पैदलयात्रीहरुको व्यवस्थापन गर्न शुक्रबार निर्देशन दिएका थिए । सोही बमोजिम नगर प्रमुख न्यौपानेले समन्वय गरि पैदलयात्रीहरुलाई गन्तव्यस्थान तर्फ पठाइएको थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।