७ बैशाख २०७७
काठमााडौं । मार्च १७‚ म र लामले आफ्नो घरसम्मको यात्रा कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरू गर्‍यौं। लामको फ्लाइटअघि सायद यही नै हाम्रो अन्तिम भेटघाट थियो। म पनि काठमाडौंस्थित आफ्नो घरमा फर्कँदै थिएँ। सायद हामीलाई कोरोना संक्रमित भएकै कारणले बदनाम हुनुथियो‚ अवगत नै नभइ आउन लागेको आँधीबारे।
केही दिनपछि जब म आफ्नो घर फर्किएर सेल्फ क्वारेन्टाइनमा बसिरहेकी थिएँ‚ त्यहीबेला लामलाई कोरोना भाइरस पोजेटिभ देखिएको थाहा भयो। यो नै मलगायत मेरा साथीका लागि परीक्षाको घडी थियो। कसैलाई पूर्णरूपमा जानेबिना उसको बारेमा तथानाम लेखेर उडाइएका मिम्स‚ फेयरवेललगायतका भित्तामा झुन्डिने अक्षर आज आफ्नै लागि वास्तविकता बनेर उभिदियो। लामलाई कोरोना पोजेटिभ देखिएको २ दिनपछि मलाई पनि कोरोना पोजेटिभ देखियो।
मभन्दा अगाडि नेपालमा एक विद्यार्थी कोरोना संक्रमित थिए‚ जो त्यसबेला निको भएर घर फर्किसकेका थिए। त्यसैले पनि विभिन्न पत्रपत्रिकाहरूमा नेपालको कोरोना भाइरससम्बन्धी शतप्रतिशत ुरिकभरी रेटु थियो। सबै नेपालीहरू नेपालमा अरू कोरोना संक्रमित नभएको भन्दै गर्व गरिरहेका थिए। सबै कोभिड(१९ को पछि लागिरहेका थिए। म देशकै दोस्रो कोरोना संक्रमित व्यक्ति थिएँ र त्यसबेलाको एकमात्र एक्टिभ केस। त्यसैले पनि होला कसैलाई पनि संक्रमितका लागि अपनाउनुपर्ने कुनै निश्चित मापदण्ड थाहा थिएन।
राति १० बजे‚ मेरो परिवारलाई मेरो परीक्षणको रिपोर्टबारे जानकारी गराइयो। मेरी दिदीले बारम्बार मलाई कोरोना पोजेटिभ देखिएको बताइरहनुभएको थियो‚ जसलाई मैले विश्वास नै गर्न सकिरहेकी थिइनँ। त्यो दिनसम्म मलाई कोरोनाका कुनै पनि लक्षणहरू देखिएका थिएनन्। रिपोर्ट सार्वजनिक भएपछि ‘न मबाट मसँगै फ्लाइटमा आउका यात्रु अथवा मेरै परिवारमा पनि सर्‍यो किरु’ भन्ने चिन्ताले सताइरह्यो।
यिनै सोचहरू चलिरहँदा सरकारी अस्पतालको आइसोलेसनमा राख्नका लागि मलाई लिन एम्बुलेन्स आइपुग्यो। म अस्पताल भर्ना भएकै रातबाट मलाई कोरोनाका विभिन्न लक्षणहरू देखिन थाले। म मार्च २२ मा अस्पताल भर्ना भएकी थिएँ। मलाई त्यो रात सहन नसक्नेगरी पेट दुख्यो‚ जसले गर्दा म रातभर सुत्न सकिनँ। त्योसँगै मलाई श्वास प्रश्वासमा पनि केही समस्या देखिन थाल्यो। जब हामी आफ्नो श्वासमा ध्यान दिइरहँदा आफैंलाई थाहा हुन्छ कि श्वासको गति प्रतिक्षण बिग्रँदै गइरहेको छ र पुरा श्वास लिन पाइरहेको छैन भने कस्तो हुन्छरु मलाई पनि धेरै दिनसम्म त्यस्तै भइरह्यो। लामो श्वास लिन सकिरहकी थिइनँ।
संघर्ष गरेर बेडबाट उठ्नैपर्ने हुन्थ्यो‚ कर गरेर अलिकति भए पनि खाना खानुपर्थ्यो‚ अनिदोले झन् सताइरहेको थियो। म अहिले पनि सम्झिरहेकी छु( जब मैले गन्धको ज्ञान नहुनु पनि कोभिड(१९ कै एक लक्षण हो भन्नेबारे कतै पढें‚ मैले साबुनको एकपट्टीको भाग सुँघ्ने कोशिस गरें। अचम्म१ मैले केही थाहा पाइनँ। लक्षणहरू दिनप्रतिदिन बढ्दै जाँदा ममा सुक्खा खोकी पनि देखिन थाल्यो‚ तर त्यसबेलासम्म मलाई ज्वरो आएको थिएन। मेरा लक्षणहरू गम्भीर प्रकृतिका बिरामीको जस्ता थिएनन्‚ सामान्य नै थिए। मभन्दा गम्भीर प्रकृतिका बिरामी‚ जसले कोरोना भाइरसको सामना गरिरहका छन्‚ उनीहरू सम्झेर अझै पनि मेरो मुटु काँप्छ।
यी सबैको बीचमा मिडियाले धेरै ठूलो भूमिका खेलेको छ। मलाई थाहा थियो कि मैले अब हुने सबै परिणामलाई भोग्नुपर्ने हुन्छ किनकी ‘फ्रान्सबाट दोहा हुँदै नेपाल आएकी एक १९ वर्षीया युवती’लाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। काठमाडौं सानो छ। त्यसैले पनि यहाँ जसले मलाई चिनेका छन् उनीहरूले सजिलै अड्कल काट्न सक्थे कि म नै त्यो फ्रान्सबाट दोहा हुँदै नेपाल आएकी एक १९ वर्षीया युवती हुँ‚ जसलाई भरखरै कोरोना भाइरस पोजेटिभ देखिएको छ। विभिन्न मिडियाले मेरो नाम त लिएनन् तर मेरा बारेमा नामबाहेकका सबै विवरणसहित धमाधम विभिन्न आर्टिकलहरू लेख्न थाले।
कसैले लामलाई मेरो केटी साथी‚ जो पेरिसमा सँगै बस्ने गर्थे भनेर लेखे। कसैले मलाई पोजेटिभ देखिनुभन्दा अघि मैले मेरा धेरै आफन्तसँग भेटेको भनी लेखे। मेरो बुबा ममी डाक्टरसँग लगातार सम्पर्कमा रहनुभएको थियो। मलाई मेरोबारेमा लेखिएको एउटा आर्टिकलले साह्रै नै चित्त दुखाएको छ‚ न्यूयोर्क टाइम्सको नेपालको लागि पार्टनर ‘द रिपब्लिका’का प्रधानसम्पादकले मलाई ‘सुपर(स्प्रेडर’को रुपमा चित्रित गरिदिए। उनीहरूलाई मेरोबारेमा केही पनि थाहा थिएन‚ मैले भाइरसको संक्रमण फैलाएको भन्नेबारेमा उनीहरूसँग कुनै तथ्यरप्रमाण पनि थिएन। तर धेरै मानिसको नजरमा म ‘एक सुपर(स्प्रेडर’ भइसकेको थिएँ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।