धुलिखेल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ६, मात्थेकोशी दोभान स्थित सुनकोशी नदीको किनारामा एक अपरिचित पुरुषको लास फेला परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शनिबार उक्त अपरिचत पुरुषको लास फेला परेको हो ।
हेर्दा तराई बासी जस्तो देखीने निजले लगाएको कपडाको प्रकृती हेर्दा मागी खाई हिड्ने जस्तो देखिने मृत लाश पानीमा तैरी रहेको अवस्थामा उनलाई फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएस्पी कुमार विक्रम थापाले जानकारी दिए ।
थापाका अनुसार स्थानियहरु मार्फत खवर प्राप्त हुन साथ तत्काल प्रहरी चौकी पोखरीनारायणस्थान र प्रहरी चौकी पचुवारघाट र जिल्ला प्रहरी कार्यालबाट घट्नास्थलमा पुगेको थियो । मृतकको लास पोष्टमार्टम एवं आफन्तहरुको खोजतलास एवं मृतक लास सनाखतको लागि शिरमेरोरियल अस्पताल बनेपामा सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।
मृतकको हुलिया यस्तो छः
कालो ज्याकेट, घ्यू रङ्गको स्विटर, निलो टिसर्ट, भित्र सेतोमा कालो धर्का भएको सर्ट, खईरो ज्याकेट, भित्र बम भोले लेखेको टि–सर्ट, सबै भन्दा बाहिर बुट्टे सल जस्तो देखिने टिसर्ट लगाई तल्लो शरिर नांगो अबस्थामा रहेको निज मृतकले लगाएको ज्याकेटको गोजीमा काम नलाग्ने जस्तो सिम कार्ड तथा ब्याट्री र कभर समेत नभएको मोबाईल ।
कपडाको टुक्राहरु, बत्तीको बल्ब चिम, सिक्का पैसाहरु ब्रस, साबुन समेत रहेको उचाई ५ फिट ६ ईन्च भएको अनुहारको भाग पुरै कालो अबस्थामा रहेको, जिउडाल मोटो रहेको, बाटुलो अनुहार, चुच्चे नाक भएको, झट्ट हेर्दा तराईबाशी जस्तो देखिने पुरुष ब्यक्ती ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















