८ बैशाख २०७७
पाँचखाल । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा अनलाईन मार्फत पठनपाठन गराउने भएको छ । सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्याकप तथा प्रतिनिधि सहित बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको प्रेस संयोजक कपिल कोइरालाले जानकारी दिएका छन् ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गरेको लकडाउनका कारण सबै विद्यालय बन्द भएपछि पाँचखाल नगरपालिकाले अनलाईन पठनपाठनलाई अगाडि बढाउन लागेको हो । बैठकले बैशाख १५ गतेसम्ममा १ देखि ९ कक्षासम्मको परिक्षाको नतिजा प्रकाशन गर्ने निर्णय गरेको प्रेस संयोजक कोइरालाले बताए ।
‘पाँचखाल नगर भित्र रहेका विद्यालयहरुले शैक्षिक सत्र २०७६ मा कक्षा १ देखि ९ सम्म लिइएको परीक्षाको नतिजा यहि बैशाख १५ गते सम्म प्रकाशन गर्न नगरपालिकाले निर्देशन दिएको छ ।’ कोइरालाले भने, ‘विद्यालयहरुले आफ्ना विद्यार्थी वा अभिभावकहरुलाई कुनै भेला नगरीकन फोन, सामाजिक संजाल मार्फत जानकारी गराउनु पर्ने निर्णय भएको छ ।’
त्यसैगरि विभिन्न एप्सहरुको प्रयोग गरि विद्यार्थीहरुलाई अनलाइन मार्फ पठनपाठन गर्न लागेको उनले तेमाल अनलाइनलाई जानकारी दिए ।
‘शिक्षक तथा विद्यार्थीहरुले बन्दाबन्दीको समयलाई पूर्ण रुपमा सदुपयोग गर्न सकियोस भन्ने हेतुले विद्यालयका प्रअहरुको आपसी समन्वयमा शैक्षिक सत्र २०७७÷७८ को कक्षागत पाठ्यक्रम बमोजिक विषयगत भिडियो तयार गर्ने, मिडास जुम जस्ता एप्सहरुबाट शैक्षिक सामाग्री डाउनलोड गरी विद्यार्थीको पँहुचमा पुर्‍याउने तथा अनलाईन मार्फत पठनपाठन गराउने निर्णय भएको छ ।’ कोइरालाले जानकारी दिए
किताब हस्तान्तरण गर्न समन्वय समिति
बैठकले ठुला कक्षाका विद्यार्थीले साना कक्षाका विद्यार्थीलाई किताव हस्तान्तरण गर्ने त्यसको समन्वय सम्बन्धित विद्यालयहरुले गर्ने निर्णय भएको छ । यसको समन्वयको लागि विशाल घिमिरेको संयोजकत्वमा ६ सदस्यीय समिति समेत निर्माण भएको छ । समितिका सदस्यहरुमा सरोज न्यौपाने, बैकुण्ठ न्यौपाने, दिनेश चौहान, विद्यालक्ष्मी देउजा र सदस्य सचिवमा उदय कोईराला रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।