९ बैशाख २०७७
चौंरीदेउराली । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका भित्र मजदुरीको सिलसिलामा रहेका ४५ जना मजदुरहरुलाई उद्धार गरी घर पठाउने कार्य भएको छ । लकडाउनका कारण घर जान नपाएका उनीहरुलाई वडा नं. ३ का वडा अध्यक्ष विनोद घिसिङ र वडा नं. ८ का वडा अध्यक्ष धन तामाङको पहलमा घर पठाउने काम भएको हो ।
घर पठाइएका सबै मजदुरहरु रुकुम र जाजरकोटका रहेको ८ नं. वडा अध्यक्ष धन तामाङले तेमाल अनलाईनलाई जनाकारी दिए ।

वडा अध्यक्षद्वय घिसिङ र तामाङले नेकपाका नेता तथा पूर्व मन्त्री जनार्दन शर्मासँग समन्वय गरि पठाइएको तामाङले बताए । ‘दैनिक ज्यादारी मजदुरहरु यहाँ कामको सिलसिलामा आइपुगेका थिए । उहाँहरुलाई आफ्नो घरसम्म पुर्याउने कार्य भएको छ ।’ उनले भने, ‘हाम्रो नेता तथा पूर्वमन्त्री जनार्दशन शर्मासँग समन्वय गरि हामीले उहाँहरुलाई पठाइएका हौं ।’

सोमबर साँझ ७ः१५ बजे मजदुरहरुलाई गाडीको व्यवस्था गरेर पठाएको वडा अध्यक्ष तामाङले जानकारी दिए । ‘वडा नं ३, माझीफेदाबाट ३२ र वडा नं ८, बिर्ता देउरालीबाट १३ जना गरि जम्मा ४५ जना उद्धार गरेर पठाएका हौं ।’ वडा अध्यक्ष तामाङले भने, ‘उहाँहरुलाई हाम्रो प्रवक्ता विनोद घिसिङले लिएर जानुभएको थियो । उहाँले पूर्वमन्त्री जनार्दन शर्मालाई जिम्मा लगाउनु भएको छ ।’
ती मजदुरहरु बा २ ख ९८६४ को बसबाट गएको उनले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















