नेकपालाई पोलिटब्यूरो सदस्य छान्ने चटारो, को–को बन्दै छन् ? (नामावली सहित)
९ बैशाख २०७७
काठमाडौं । सरकारले दल विभाजन सम्बन्धी व्यवस्था अध्यादेश मार्फत आएपछि अन्य राजनीतिक दलभित्र मात्र होयन सत्ता रुढदल भित्र समेत ठूलो तरंग पैदा भएको छ । अध्यादेश ल्याएपछि बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले कुनै निर्णय नगरी सकिएको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई नै गुमराहमा राख्दै दल विभाजन र संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा आकस्मिकरुपमा बैठक बोलाइएको थियो ।
अध्यादेशको विरुद्धमा नेकपा सचिवालयमा बहुमत सदस्यहरु रहेका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली अल्पमतमा परेको छ । तर पनि निरन्तर अल्पमतमा रहेका प्रधानमन्त्री ओलीले एक्लौटी निर्णय गरेर अघि बढेको छ ।
सचिवालय सदस्यहरु भनाइ यस्तो छः
केपी शर्मा ओली– अध्यादेश हाम्रो पार्टीको आन्तरिक जिवन लक्षित छैन । यो अन्य पार्टीको अवस्था र अन्तरविरोध लक्षित हो । संबैधानिक परिषदहरुमा नियुक्तिहरु अड्कियो । गाँठो फुकाउनुपर्ने भएर ल्याइएको हो । आंशकित नहुनुहोला ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’– अध्यादेश पार्टीमा छलफल नगरी र थाहै नपाउनेगरी आयो । पार्टीलाई र नेताहरुलाई नै गुमराहमा राख्ने काम भयो । कोरोनासँग लड्नुपर्ने जटिल अवस्थामा आएको यो अध्यादेश औचित्य छैन । यो फिर्ता लिनुपर्छ । यो फुट्ने र फुटाउने बेला होइन । जुट्ने र जुटाउने बेला हो ।
माधव कुमार नेपाल –पार्टीमा छलफल नगरी ल्याउने कुरा राम्रो भएन । पार्टीमा मनखुशी हुन थाल्यो । अध्यादेश छलफल गरेर ल्याउनुपथ्र्यो । बलमिच्याइ गर्न थालियो । तर जारी भईसकेकोले यसमाथि आज छलफलको औचित्य हुँदैन । अब पार्टी र सरकारबारे गम्भिर छलफल गर्नुपर्छ ।
झलनाथ खनाल –अध्यादेश सम्पुर्णरुपमा गलत छ । यो फिर्ता लिनुपर्छ । नियत पनि गलत छ, तरिका पनि गलत छ । खारेज गर्नुपर्छ । यसले एकतालाई सुदृढ गर्दैन । विघठन स्विकार्य छैन ।
वामदेव गौतम –आन्तरिक पार्टी लक्षित होइन भने अध्यादेश ठिकै छ । तर अर्का अध्यक्ष तथा पार्टीसँग छलफल गरेर मात्रै ल्याउनुपथ्र्यो । प्रक्रिया मिलेन ।
नारायणकाजी श्रेष्ठ –अध्यादेश गलत छ । नियत गलत छ । उदेश्य गलत छ । सम्पूर्णरुपमा गलत छ । खारेज गर्न माग गर्दछु ।
राम बहादुर थापा – अध्यादेश आन्तरिक पार्टी लक्षित छैन भने ठिकै छ । तर दुई अध्यक्षबिच सल्लाहा नभइकन ल्याउनु हुँदैनथ्यो ।
इश्वर पोखरेल –अध्यादेश हाम्रो पार्टी लक्षित होइन । अरु पार्टी लक्षित भएकोले ठिक छ । बहस जरुरी छैन ।
विष्णु पौडेल –अध्यादेश ठिक छ । पार्टी र सरकारलाई यसले झन मजबुत बनाउँछ । तर पार्टी्भित्र र नेताहरुबिच अलि सल्लाहा भएको भए राम्रो हुन्थ्यो ।
के छ नेकपाभित्रको पार्टी समिकरण ?
स्थायी समिति –४४
ओली –१२
प्रचण्ड –१८
नेपाल –१३
तटस्थ –१
केन्द्रीय समिति –४४१
ओली –१२७
प्रचण्ड –२००
नेपाल –१०४
वामदेव –६
तटस्थ –१
रिक्त –३
सांसद –१७४
ओली –७२
प्रचण्ड –५४
नेपाल –३७
वामदेव –४
तटस्थ –५
स्वतन्त्र –२
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।