१० बैशाख २०७७
तेमाल । काभ्रेको तेमाल गाउँपालिकाले आफ्नो नागरिकको उद्धारको लागि १० वटा गाडीको व्यवस्था गरेको छ । आज बसेको कार्यपालिका बैठकले १० वटा बसको रुट समेत तोक्ने काम भएको गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर तामाङले जानकारी दिएका छन् । गाडी भोलि विहिबार विभिन्न रुटमा पुग्ने प्रवक्ता तामाङले बताएका छन् ।
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले आव्हान गरेको लकडाउनका कारण काठमाडौंमा विभिन्न कामको सिलसिलमा आएका तेमालबासी घरसम्म जान सकिरहेको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहहरु समन्वय गरि व्यवस्थापन मिलाउन निर्देशन दिएसँगै तेमाल सरकारले पनि आफ्नो नागरिकलाई उद्धार गर्न लागिएको हो ।
‘काठमाडौं बस्दा भोक र रोगसँग लड्नुपर्ने बाध्यता भयो । अर्को कुरा परिवारसँग पनि विछोडिएर बस्नु बाध्य भयो ।’ प्रवक्ता तामाङले भने, ‘आफ्नो गाउँपालिकाको जनताको यो समस्या हामीले नजिकबाट हेरिरहेका थियौं । त्यसैले संघीय सरकारले पनि अलि सजिलो बनाई दिएपछि हामीले यो निर्णय गरेका हौं ।’
गाउँपालिकाले भोलि समस्यामा पर्छ कि भनेर सबै जनप्रतिनिधिदेखि बस चालकको समेत सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।
यस अघि आज नै नेकपाका नेताहरुका पहलमा काडमाडौंबाट २ वटा बस तेमालबासीलाई बोकेर तेमाल तर्फ गएको छ ।
यस्तो छ गाउँपालिकाको योजनाः


समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















