१० बैशाख २०७७
धुलिखेल । काभ्रेमा ६ महिना अघि एकजना युवतीलाई जबरजस्ती करणी गरि फरार रहेका तीन जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार २०७६ असोज १३ ती युवतीलाई जवरजस्ती करणी गरी फरार रहेको तीन जनालाई आज पक्राउ गरिएको हो ।
सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ स्थायी घर भई हाल का.प.जि. धुलिखेल न.पा. वडा नं. ०६ हस्पिटल चोक बस्ने वर्ष १६ युवतीलाई उनीहरु तीन जनाले विभन्नि प्रलोभन देखाई करणी गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएस्पी कुमार विक्रम थापाले जानकारी दिएका छन् ।
पक्राउ पर्नेहरुमा मण्डनदेउपुर नगरपालिका वडा नं. ०८ कुन्ताबेशी स्थायी घर भई हाल बनेपा न.पा. वडा नं. १० थापागाउँ बस्ने तोपनाथ गौतमको छोरा वर्ष १९ को सविन गौतम, सिन्धुपाल्चोक जिल्ला साबिक महांकाल गाविस–९ को हाल हेलम्बु गा.पा. वडा नं. ०४ शेरा स्थायी घर भई हाल बनेपा न.पा. वडा नं. १० डेरा गरी बस्ने राजन दुलालको छोरा वर्ष १९ को सविन दुलाल, पनौती न.पा. वडा नं. ०५ सुन्दरबस्ती बस्ने युवराज थापाको छोरा वर्ष १८ को सन्देश थापा रहेका छन् ।
उनीहरुले बा.५. च ३८४९ नं. को बलेरोमा राखी धुलिखेलबाट बनेपा न.पा. स्थित काभ्रे क्याम्पस भन्दा माथी जंगलमा लगि गाडी भित्रनै जबरजस्ती करणी गरेको डिएस्पी थापाले जानकारी दिए । फरार रहेका ती युवाहरुलाई खोजतलासको क्रममा वारदातमा प्रयोग भएको सवारी साधान सहित आज पक्राउ गरेको थापाले बताए ।
अभियुक्तहरुलाई ‘मुलुकी अपराध संहिता, २०७४’ को करणी सम्बन्धी कसूर अन्तर्गत जबरजस्ती करणी (दफा २१९) अनुसार कार्वाही गर्त आजै अदालत पेश गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















