१२ बैशाख २०७७
काठमाडौं । पछिलो समय सामाजिक सचेतनामुलक गितमा धेरै जोड दिने सर्जक, लोक तथा दोहोरि गायक प्रभावन जेको रेडियो नेपालमा पहिलो पटक रेकर्ड गराएका गित ‘बरको छायाले’ डिजिटल बजारमा सार्वजनिक भएको छ ।
२०५३ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको जसमा चर्चित गायिका तारा थापाले साथ दिनु भएको थियो, सोहि गित २०६१ सालमा रि–रेकर्ड गरिएको र चर्चित गायिका अन्जना गुरुङले साथ दिएकी छन ।
यो गितले गरिबीले परदेशिएकाहरुको कथा बोकेको छ । सो गितको भिडियोको डीबी टेलिभिजनलाई बजाइ दिन पठाएको र त्यसको प्रति आफुसँग सुरक्षित नभएकोले गितलाई जिउँदो राख्न लिरिकल भिडियो बनाई बजार ब्यबस्थापन गरिएको डि ए आर मुभिज एण्ड फिल्म्स ई प्रा. लि. का संचालक सदस्य राजाराम गौतमले जानकारी दिए । गीतको लय तथा शब्द संकलन प्रभावन जे ले गरेका छन्, सम्पादन कृष्ण गौतमले गरेका छन् ।
यस्तो छ गीतको भिडियोः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।