१३ बैशाख २०७७
भुम्लु । वागमती प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्सालको पहलमा भुम्लु गाउँपालिकाका ८० घरधुरीलाई राहत वितरण भएको छ । शुक्रबार सांसद लम्सालको नेतृत्वमा प्रवासी एकता मञ्च, जापानका अध्यक्ष हवलचन्द्र लामा लगायतले भुम्लु गाउँपािलका वडा नं १ सापिङ्ग भट्टेटारका माझि समुदायलाई राहत वितरण गरेका हुन् ।
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले गरेको १ महिना भन्दा लामो लक्डाउनले गर्दा दैनिक ज्यालादारीमा काम गर्ने परिवार लाई निकै अप्ठ्यारो र मार परेको छ । भुम्लु गाउँपालिकामा रहेका अत्ति बिपन्न परिवार र दैनिकी ज्यालादारीमा काम गर्नेहरुलाई राहत वितरण गरिएको बताइएको छ ।
८० घर परिवारलाई करिब २५ कुइन्टल चामल वितरण गरेको वडा नं. १ का वडा अध्यक्ष खिरबहादुर श्रेष्ठले जानकारी दिए । सो चामल सांसद लम्सालको पहलामा लाइन्स क्लब अफ काठमाडौं र समाजसेवी लेखनाथ श्रेष्ठले उपलब्ध गराएको वडा अध्यक्ष श्रेष्ठले बताए ।
‘भुम्लु गाउँपालिका वडा नं १ सापिङ्गले पनि २ केजी दाल, चिनी, नुन , तेल, चियापती राहत कार्यविधि अनुरुप वितरण गरेका छौं ।’ श्रेष्ठले भने, ‘हामी निरन्तर जनताको आवश्यकता र समस्यासँग नजिक हुनेछौं । वडाका कोहि पनि व्यक्तिलाई दैनिकीमा अप्ठ्यारो पर्यो वा भोकै हुने अवस्था भएमा वडा कार्यालयमा सम्पर्क राख्न म अनुरोध गर्दछु ।’
भट्टेटार माझी गाउँमा सबैजसो घर परिवारको खेतिपाति एकदम कम हुने र दैनिक ज्यालामा काम गर्न अहिलेको अवस्थामा नहुने भएको हुँदा दैनिकीमा सारै अप्ठयारो परि भोकै रहनु पर्ने अवस्था देखा परेकोले राहत वितरण गरिएको वडा अधक्ष्य श्रेष्ठले बताए ।
राहत बितरण कार्यक्रममा भुम्लु गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठ , कानुनी सल्लहकार प्राणनाथ नेउपानेको पनि सहभागीता रहेका थिए ।
त्यसैगरी भुम्लु गाउँपालिका वडा नं. ६ कोलातीमा करिब १४ कुइन्टल चामल लगायतका सामाग्री वितरण गरेको छ ।
कोलाँतीमा भने प्रवासी नेपाली मञ्च, जापानका अध्यक्ष हवलचन्द्र लामाले उक्त खाद्यन्न सामाग्री उपलब्ध गराएका थिए ।
दुवै स्थानको राहत सामाग्री वडा अध्यक्षहरुलाई जिम्मा लगाएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।