१३ बैशाख २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा हालसम्म ९ हजार ९ सय भन्दा बढीमा कोरोना भाइरस परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विववरण अनुसार ९ हजार ९ सय ६७ जनामा कोरोनाको पिसिआर परीक्षण गरिएको हो।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले परीक्षणको क्रमलाई तीव्रता दिएको बताए। मिडिया ब्रिफिङमा बोल्दै डा देवकोटाले शुक्रबार साँझ कोरोना संक्रमण पोजेटिभ देखिएका पुरुष झापाको दमक निवासी रहेको समेत उनले जानकारी दिए।
चैत ४ गते दुबइबाट आएका उनका परिवारका एक सदस्यसहित सो परिवारका ३ जनामा कोरोनाको र्‍यापिड परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। तर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा ती पुरुषको नमुनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो।
हाल नेपालमा १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेको उनले जानकारी दिए। आइसोलेसनमा भने ८७ जना रहेको उनले बताए। शनिबार कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण नभेटिएको समेत उनले बताएका छन्।

Comments

comments