अञ्जली तामाङ
१३ बैशाख २०७७
धुलिखेल । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनलाई काभ्रेमा प्रभावकारी ढंगले कार्यन्वयन भइरहेको बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार अत्यावश्यक वस्तु तथा आपूर्ति सेवा सञ्चालन रहेता पनि अन्य क्षेत्रमा भने लकडाउन प्रभावकारी रुपमा कार्यन्वयन भएको बताएका छन् ।
आरडिटी परिक्षणमा २ जनाको रिपोर्ट पोजिटिभ
कार्यालय प्रमुख डा. झाका अनुसार जिल्लामा २ जनाको आरडिटी माध्यमबाट स्वास्थ्य परिक्षण गर्दा पोजिटिभ रोपोर्ट आएको छ । ती २ जना काभ्रेकै हुन या होइन झाले खुलाएका छैनन् ।
‘विदेशबाट आएका ४ सय ६३ जना व्यक्तिहरुको आरडिटीबाट परिक्षण भएको छ । त्यसैगरि ४ सय ६७ जनाको पिसिआरबाट परिक्षण भएकोमा ६० जना यस जिल्लाका र ४ सय ७ जना टेकु अस्पतालबाट पठाइएको स्वाबको परिक्षण भएको थियो ।’ उनले भने, ‘२ जना आरडिटीबाट पोजिटिभ रिपोर्ट आएता पनि बाँकी सबैको पिसिआर र आडिटी रिपोर्ट नेगेटिभ आएको छ ।’
धुलिखेलका एकजना आइसोलेसनमा भर्ना
कोरोना भाइरससँग सम्बन्धित लक्षण देखा परेपछि धुलिखेल नगरपालिका ११ बस्ने १९ वर्षको एक व्यक्तिलाई आइसोलेसनमा भर्ना गरि उपचार भइरहेको डा. झाले जानकारी दिए । ‘रुघाखोकी र सामान्य ज्वरो आएको हुनाले निजले उपचार गर्नका लागि धुलिखेल अस्पतालमा आएको रहेछ ।’ झाले भने, ‘निजलाई डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा राखी उपचाररत रहेको छ ।’
त्यसैगरि बेथानचोक गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २८ का गत चैत्र ९ गते भारतबाट आएका व्यक्तिको आरडिटी परिक्षणमा कोरोना पोजिटिभ भेटिएकाको पिसिआर परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ । ‘निजहरुलाई थप परिक्षणका लागि धुलिखेल अस्पतालमा ल्याइएकोमा निजको पिसिआर परिक्षण गर्दा नेगेटिभ रिपोर्ट प्राप्त भएता पनि निजको सम्पर्कमा आएका ८ जनाको आरडिटी परिक्षण गर्ने तयारी भइरहेको छ ।’
करिब साँढे ११ हजारलाई राहत
जिल्ला भरिमा दैनिक ज्यालादारी तथा अत्यन्त न्यून आय भएकाहरुलाई राहत वितरण गरेको डा. झाले बताए । जिल्लामा साँढे ११ हजार घरपरिवारलाई राहत वितरण गरेको उनले जानकारी दिए । ‘अत्यन्त न्यून आए भएका दैनिक ज्यालादारीमा काम गर्ने घरपरिवारहरुलाई हालसम्म जिल्ला स्थित स्थानीय तहहरुबाट ११ हजार ३ सय ५६ घरपरिवारलाई प्याकेजमा राहत उपलब्ध गराइएको छ ।’
यस्तो छ स्वास्थ्य सामाग्रीहरुको व्यवस्थापन
जिल्लामा विभिन्न सामाग्रीहरुको व्यवस्थापनलाई चुस्त बनाएको डा. झाले बताएका छन् । जिल्लामा कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि विभिन्न स्थानीय तहहरु, जिल्ला अस्पतालहरु र सुरक्षा निकायलाई स्वास्थ्य सामाग्री वितरण गरिएको झाले जानकारी दिए । ‘हालसम्ममा पिपिई ८ सय ४३ थान, सार्जिकल मास्क ५१ हजार ३ सय ३५, सर्जिकल ग्राउन ४४ थान, सेनिटाइजर ४ हजार २ सय १ बोतल, एन–९५ मास्क २ सय १८ वटा, सर्जिकल ग्लोभ्स ४८ हजार ४ सय र थर्मल गन २१ वटा प्राप्त भइ वितरण भएको छ ।’
जिल्लामो २ सय ९० क्वारेन्टाइन र १३ बेड आइसोलेसन
डा. झाका अनुसार काभ्रेमा १३ वटा वेड सहितको आइसोलेसन कक्ष रहेको छ । ‘धुलिखेल अस्पतालमा ८ बेड र बनेपा स्थित शिर मोमोरियल अस्पतालमा ५ बेड गरी जम्मा १३ बेडको आइसोलेसन कक्ष रहेको छ ।’ झाले भने ।
यसैगरि जिल्लामा २ सय ९० वटा वेड सहितको क्वारेन्टान कक्षहरु निर्माण भएको छ । विभिन्न स्थानीय तहहरुले उक्त क्वारेन्टाइन निर्माण गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा झाका अनुसार धुलिखेल नगरपाकिला वडा नं. ७ स्थित संजिबनी माध्यमिक विद्यालयमा ६५ शैयाको, बनेपा–६, स्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा ५० शैयाको, पनौतीमा १० शैयाको, नमोबुद्ध नगरपालिकामा १८ शैयाको, पाँचखालमा ११ शैयााको, रोशी गाउँपालिकामा १० शैयाको, महाभारत गाउँपालिकामा ३५ शैयाको, मण्डनदेउपुरमा १५ शैयाको, चौरीदेउरालीमा १५ शैयाको, भुम्लुमा ३० शैयाको, बेथानचोकमा १० शैयाको, तेमालमा ६ शैयाको, खानीखोलामा १५ शैया रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















