१४ बैशाख २०७७
धुलिखेल । जिल्लाको खानीखोला गाउँपालिका–४ खत्रीडाँडास्थित घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर घाईते भएका दिदीबहिनीलाई उपचारको लागि आर्थिक सहयोग गरेका छन् । घाइतेहरुलाई उपचार गर्न नेकपाका युवा नेता दावा लामाले बीस हजार आर्थिक सहयोग गरेका हुन् ।
उक्त रकम हस्तान्तरण गर्न खानीखोला गाउँपालिका अध्यक्ष कृष्ण खुलाल, नेकपा जिल्ला सदस्य दैवलाल घिसिङ अनुशिल, गाउँपालिका प्रवक्ता मानबहादुर गोले र राष्ट्रिय युव संघ नेपालका जिल्ला नेता विरेनद्र ब्लोन अस्पतालमै पुगेका थिए ।
माटो खन्न गएका चार दिदीबाहिनी मध्ये २४ वर्षीय अरिना गोलेको उपचारका लागि सदरमुकाम धुलिखेल ल्याउँदै गर्दा बाटोमै निधन भएको थियो ।
उपचारको लागि धुलिखेल अस्पतालमा भर्ना भएका उनीहरुको आर्थिक अवस्था निकै कमजोर भएकोले उपचार गर्न उक्त रकम सहयोग गरिए नेकपा जिल्ला सदस्य घिसिङले जानकारी दिए ।
घाईते भएका २० वर्षीय एरिना गोले, १२ वर्षीय सनिसा गोले र ९ वर्षीय एलिसा गोलेको उपचार भइरहेको छ ।
माटोको ढिस्कोले पुरिएर घाईते भएका एरिना र सनिसाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छन् भने एलिसा गोले उपचारपछि घर फर्किएकी छिन् ।
यो पनि पढ्नुहोस्ः

काभ्रेमा माटोको ढिस्कोले पुरिएर घाईते भएकालाई आर्थिक सहयोग

Comments

comments