अशोक बुद्ध लामा
१५ बैशाख २०७७
रोशी । काभ्रे जिल्लाको रोशी गा.पा वडा नं. ९ पानान्चे गाउँमा रहेको श्री पानान्चे गौरवशाली बाल क्लबले गाउँमा विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेको छ । बिश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा जोखिम कम गर्नुको लागि ५० घर परिवारलाई उक्त स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
क्लबले ३ सय भन्दा वढि मानिसलाई माक्स तथा सेनिटाईजर वितरण गरेका थिए । संस्थका संस्थापक अध्यक्ष तथा सचिब कृष्ण राना मगर र राम चन्द्र यस्माली मगरको संयुक्त पहलमा उक्त सामाग्री वितरण गरिएको क्लबका अध्यक्ष सौगत राना मगरले जानकारी दिए ।

अध्यक्ष मगरको नेतृत्वमा र स्थानिय समाजसेबि गणेश ब. यस्माली मगर लगायत सम्पूर्ण बाल क्लब परिवारको उपस्थितिमा घर घरमा गएर माक्स र सेनिटाइजर वितरण गरि जनचेतना समेत दिएको अध्यक्ष मगरले बताए । ‘आफ्नो गाउँ आफै सुरक्षित बनाऔं भन्ने अभियानमा बाल क्लब रहेको र सो अनुसार काम गरेका छौं ।’ मगरले भने, ‘गाउँमा भिडभाड नगर्न, २० सेकेन्ड साबुनपानीले मिचिमिची हात धुन, घरबाट बाहिर जाँदा पूरा शरीर ढाक्ने लुगा लगाउन, माक्स प्रयोग र कम्तीमा १ फिटको दुरी कायम गर्नुपर्ने जस्ता जनचेतनामूलक कार्यक्रमहरु संचालन गरेको छौं ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















