१६ बैशाख २०७७
काभ्रे । बनेपाबाट बा ४ ख ५९५७ नम्बरको टिपर द्रुत गतिमा आउँदै थियो । खुल्ला बाटोको फाइदा उठाउँदै धलिखेल तर्फ लम्किदै थियो उक्त टिपर । २८ किलोमा प्रहरीले रोक्ने कोशिस गर्दा पनि रोकिएन टिपर ।
चालकले प्रहरीको इसारा नदेखेको जस्तै गरि अगाडि बढी रहे । जब धुलिखेल स्थित विआर पेट्रोल पम्प अगाडि आईपुगे अनि रोडको छेउमै रहेको विजुलीको पोललाई उक्त टिपरले ठक्कर दियो । टिपर पछाडि रहेका एक जना व्यक्ति टिपरको ढालामा ठोकेर रक्तम्य भयो ।
तर रोकिएन टिपर । जब विपी हाइवे चोकमा प्रहरी देखेपछि चालकले अन्तैबाटो मोडे । अनि प्रहरीको फन्दामा परिहल्यो टिपर । प्रहरीले टिपर नियन्त्रणमा लियो तर चालक भने फरार । पछाडि रहेको व्यक्ति रक्तम्य भएर ढलेका थिए ।
प्रहरीले घाइतेलाई तुरुन्तै धुलिखेल अस्पतालमा उपचारको लागि लगिएको छ । टिपर भएको स्थानमा प्रहरी पुग्दा नयाँगाउँ निवासी चालक विजय लामा फरार भएका थिए । उनले मादक पदार्थ सेवन गरि टिपर चलाएको थाहा भएको छ । फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि गरेको लकडाउनलाई यसरी तोड्ने क्रम अझ बढ्ने अवस्थामा छ । पछिल्लो चरणमा सरकारले लकडाउनलाई कडाइ गर्ने भनिएता पनि सडकमा सवारी साधन भने अझ बढी गुड्न थालेको छ ।
भिडियो हेर्नुहोस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















