१६ बैशाख २०७७
धुलिखेल । काभ्रेमा लकडाउनलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले अनावश्यक रुपमा घरबाट ननिस्कन आदेश जारी गरेका छन् । मंगलबार (आज) देखि २५ गते राति १२ बजेसम्मका लागि प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले उक्त आदेश जारी गरेका हुन् ।
जारी आदेशमा यदि आदेशको पालना नगरे संक्रामक रोग ऐन, २०२० को २ को उपदफा २ बमोजिम कारबाही गर्ने तिमिल्सिनाले उल्लेख गरेका छन् ।
’स्वास्थ्य संस्था, औषधि पसल, अस्पतालको सेवा, पेट्रोल पम्प, ग्याँस, खानेपानी, दाल, चामल, तेल, नुन, दूध डेरी र तरकारी बाहेकका अन्य ब्यवसाय पूर्ण रुपमा बन्द गरिनेछ ।’ आदेशमा भनिएको छ, ‘जिल्लाभित्र मालबाहक सवारी साधन, एम्बुलेन्स र पास लिएका बाहेक अन्य सबै किमिसका सवारी साधनको आवागमन सञ्चालन गर्न पाइने छैन ।’
यस्तो छ आदेश
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।