१७ बैशाख २०७७
धुलिखेल । पूर्व सभामुख तथा नेकपाका नेता कृष्णबहादुर महराले पार्टी भित्रको अन्तरविरोधले जनता निरास बनेको बताएका छन् । आज महराले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी भित्र विवाद हुनुलाई राम्रो मान्न नसकिने समेत बताएका हुन् ।
’अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको छ। हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला हो।’ विज्ञप्तिमा महराले भनेका छन्, ‘मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेका छन्। यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन। दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न म हार्दिक अपील गर्दछु।’
महराले कोरोना संक्रमणबाट नेपाल पनि प्रभावित भएकोले मुलुकको अर्थतन्त्र निक्कै धराशायी बनेकोमा चिन्ता व्यक्त गरेका छन् । ‘महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्व आक्रान्त बनेको छ।’ विज्ञप्तिमा भनेको छ, ‘कोरोना भाइरस संक्रमणबाट नेपाल पनि प्रभावित भएको छ। देश अहिले लकडाउनको अवस्थामा छ। अहिले मुलुकको अर्थतन्त्र निकै धराशायी अवस्थामा पुगेको छ।’

यस्तो छ विज्ञप्तिः
महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्व आक्रान्त बनेको छ। कोरोना भाइरस संक्रमणबाट नेपाल पनि प्रभावित भएको छ। देश अहिले लकडाउनको अवस्थामा छ। अहिले मुलुकको अर्थतन्त्र निकै धराशायी अवस्थामा पुगेको छ।
अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको छ। हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला हो। मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेका छन्। यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन। दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न म हार्दिक अपील गर्दछु।
१७ बैशाख, २०७७
कृष्णबहादुर महरा
पूर्वसभामुख
तथा प्रतिनिधि सभा सदस्य, दाङ
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















